भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हसिनालाई पक्राउ गरी फिर्ता गर्न भारतलाई बंगलादेशको आग्रह

हसिनालाई पक्राउ गरी फिर्ता गर्न भारतलाई बंगलादेशको आग्रह

काठमाडौं । बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए)का अध्यक्ष एम महबुब उद्धिन खोकोनले पूर्वप्रधानमन्त्री शेख हसिना बाजेद र उनकी बहिनी शेख रेहनालाई पक्राउ गरेर फिर्ता पठाउन भारतलाई आग्रह गरेका छन् ।

उनले हसिनाले बंगलादेशमा धेरै मानिसको हत्या गरेको स्मरण गराएका छन् । बंगलादेशको पत्रिका डेली स्टारले जनाएअनुसार उनले एक वक्तव्य जारी गरी आफूहरूले भारतीय जनतासँग राम्रो सम्बन्ध कायम राख्न चाहेको पनि बताएका छन् ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का संयुक्त महासचिव पनि रहेका खोकोनले बंगलादेशी अधिकारीहरूलाई देशमा संकटकाल नलगाउन आग्रह समेत गरेका छन् । उनले राजनीति र भ्रष्टाचारमा संलग्न भएका सर्वोच्च अदालतका न्यायाधीशहरूलाई एक हप्ताभित्र राजीनामा दिन पनि आग्रह गरेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.