भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाराको अमलेखगञ्जमा बस र ट्रक ठोक्किएर दुर्घटना,३ जनाको मृत्यु

बाराको अमलेखगञ्जमा बस र ट्रक ठोक्किएर दुर्घटना,३ जनाको मृत्यु

काठमाडौं । बारामा बस र ट्रक ठोक्किदा तीन जनाको मृत्यु भएको छ । बुधबार विहान भएको दुर्घटनामा २७ जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तनहुँ घर भएका ट्रकका चालक २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेको बारा प्रहरीले जनाएको छ ।

उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज लगिएको र अन्य सामान्य घाइते २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

काकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैया जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान बाराको अमलेखगञ्जमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.