भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

बाराको अमलेखगञ्जमा बस र ट्रक ठोक्किएर दुर्घटना,३ जनाको मृत्यु

बाराको अमलेखगञ्जमा बस र ट्रक ठोक्किएर दुर्घटना,३ जनाको मृत्यु

काठमाडौं । बारामा बस र ट्रक ठोक्किदा तीन जनाको मृत्यु भएको छ । बुधबार विहान भएको दुर्घटनामा २७ जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तनहुँ घर भएका ट्रकका चालक २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेको बारा प्रहरीले जनाएको छ ।

उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज लगिएको र अन्य सामान्य घाइते २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

काकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैया जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान बाराको अमलेखगञ्जमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.