भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्प अयोग्य घोषित

राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्प अयोग्य घोषित

एजेन्सी । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई निर्वाचनको दौडबाट बाहिर निकालेको छ। संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को निर्वाचनको दौडबाट बाहिर निकालेको हो ।

मंगलबार लिइएको निर्णय कोलोराडो राज्यमा मात्र लागू हुनेछ। यस निर्णयमा पुनरावेदन विचाराधीन छ, त्यसैले यसलाई अर्को महिनासम्म स्थगित गरिएको छ। अदालतले यो निर्णय ४–३ ले सुनाउँदै ट्रम्प चुनाव लड्न योग्य नभएको बताएको हो ।

अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो। यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।

कोलोराडो राज्यको अदालतले तल्लो अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै यस्तो आदेश दिएको हो । तल्लो अदालतले जनवरी ६, २०२१ मा क्यापिटल ९अमेरिकी संसद्० मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।

कोलोराडो सर्वोच्च अदालतको निर्णय कम्तिमा ४ जनवरी २०२४ सम्म लागू हुनेछैन । यो निर्णयसँगै अब ट्रम्प रिपब्लिकन पक्षबाट उम्मेदवारीको दौडमा रहन सक्छन् कि छैनन् भन्ने निर्णय गर्नु अमेरिकी सर्वोच्च अदालतका लागि चुनौतीपूर्ण हुनेछ ।

सर्वोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘हामी यत्तिकै यी निष्कर्षमा पुगेका छैनौँ। हामी हाम्रा अगाडि रहेका प्रश्नहरू र त्यसको नतिजा कत्तिको ठुलो हुने भन्ने बारेमा हामी सचेत छौँ।’
“यसैगरी हामी कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यमा सचेत रहँदै, कुनै डर, पक्षपात बिना र हाम्रो निर्णयप्रति जनताको प्रतिक्रियाबाट प्रभावित नभई वैधानिक निर्णय दिइरहेका छौँ,’ अदालतले भनेको छ ।

 


Thali Mobile Pvt.Ltd.