भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्प अयोग्य घोषित

राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्प अयोग्य घोषित

एजेन्सी । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई निर्वाचनको दौडबाट बाहिर निकालेको छ। संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को निर्वाचनको दौडबाट बाहिर निकालेको हो ।

मंगलबार लिइएको निर्णय कोलोराडो राज्यमा मात्र लागू हुनेछ। यस निर्णयमा पुनरावेदन विचाराधीन छ, त्यसैले यसलाई अर्को महिनासम्म स्थगित गरिएको छ। अदालतले यो निर्णय ४–३ ले सुनाउँदै ट्रम्प चुनाव लड्न योग्य नभएको बताएको हो ।

अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो। यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।

कोलोराडो राज्यको अदालतले तल्लो अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै यस्तो आदेश दिएको हो । तल्लो अदालतले जनवरी ६, २०२१ मा क्यापिटल ९अमेरिकी संसद्० मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।

कोलोराडो सर्वोच्च अदालतको निर्णय कम्तिमा ४ जनवरी २०२४ सम्म लागू हुनेछैन । यो निर्णयसँगै अब ट्रम्प रिपब्लिकन पक्षबाट उम्मेदवारीको दौडमा रहन सक्छन् कि छैनन् भन्ने निर्णय गर्नु अमेरिकी सर्वोच्च अदालतका लागि चुनौतीपूर्ण हुनेछ ।

सर्वोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘हामी यत्तिकै यी निष्कर्षमा पुगेका छैनौँ। हामी हाम्रा अगाडि रहेका प्रश्नहरू र त्यसको नतिजा कत्तिको ठुलो हुने भन्ने बारेमा हामी सचेत छौँ।’
“यसैगरी हामी कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यमा सचेत रहँदै, कुनै डर, पक्षपात बिना र हाम्रो निर्णयप्रति जनताको प्रतिक्रियाबाट प्रभावित नभई वैधानिक निर्णय दिइरहेका छौँ,’ अदालतले भनेको छ ।

 


Thali Mobile Pvt.Ltd.