भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बाटो स्तरोन्नति गर्न लाग्यो १४ वर्ष

बाटो स्तरोन्नति गर्न लाग्यो १४ वर्ष

म्याग्दी । मङ्गला गाउँपालिका-२ मा बाबियाचौर-काफलचौर-सल्ल्यान-भर्जुला सडक स्तरोन्नति भएको छ।

२०६७ मा स्थानीयवासीले चन्दा स‌कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ । बेनी-दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट शुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका-२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए। बाटो स्तरोन्नति गर्न १४ वर्ष लागेको हो ।

सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर ५३८ मिटर ढलान गरिएको छ। भाइवाङखोलाको प्रवेशबिन्दुबाट ११० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ।

यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख रुपैयाँ लागतमा स्तरोन्नति भएको थियो। रासस

 


Thali Mobile Pvt.Ltd.