भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सरकारलाई ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक ल्याउन संसदीय समितिको निर्देशन

सरकारलाई ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौँ । शिक्षा क्षेत्रमा ख्वप मोडलको देश भर चर्चा भए पनि सरकार भने ख्वप विश्वविद्यालय दिन अनविज्ञ जस्तै बनको छ । तर ख्वप विश्वविद्यालय विधेयक ल्याउन बुधबार सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक ल्याउन सरकारलाई निर्देश गरेको हो ।संसदीय समितिले उच्च शिक्षासम्बन्धी विधेयक समेत संसदमा ल्याउन सरकारलाई निर्देश गरेको छ ।

ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक ल्याउन आवशयक रहेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो । उहाँले ख्वप विश्वविद्यालय स्थापना भएमा अन्य विश्वविद्यालयभन्दा आधाभन्दा कम शुल्कमा एमबिबिएस विषयको पठनपाठन गराउन सकिने प्रतिबद्धता समेत व्यक्त भएको बताउँनुभयो ।

संघीय संसदको जारी अधिवेशनभित्रै विधेयक संसदमा दर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको सभापति थापाको भनाई छ । संसदीय समितिले ख्वप विश्वविद्यालय विधेयक ल्याउन यस अघि पनि पटक–पटक निर्देशन दिएको थियो ।

विगत लामो समयदेखि ख्वप विश्वविद्यालय सम्बन्धी बहस हुँदै आएको छ । प्रतिनिधि सभाको बैठकमा सरकारले विधेयक नल्याएको भनेर आवाज समेत उठ्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.