भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एक सय २१ वर्षीया बाटुलीको निधन, गिनिज बुकमा नाम लेखाउने चाहना सकियाे

एक सय २१ वर्षीया बाटुलीको निधन, गिनिज बुकमा नाम लेखाउने चाहना सकियाे

काठमाडौ । बढी उमेर दावी गरिएकी बाटुलीको निधन भएको छ । नुवाकोटकी १२१ वर्षीया बाटुली लामिछानेको निधन भएको हो । ककनी गाउँपालिका–८ थानसिङ छापथोककी १२१ वर्षीया लामिछानेको शुक्रबार साँझ निधन भएको हो ।

बिरामी भएपछि वाटुलीले तीन दिन यता सामान्य खानेकुरा समेत खान छाडेकी थिइन् । अक्सिजनको मात्रासमेत कमी भएकी उनको आफ्नै निवासमा शुक्रबार साँझ निधन भएको पनाति श्याम ढुंगानाले बताए ।

चैत १० गते आफ्नो १२२ औं जन्मदिन मनाउने इच्छा गरेकी बाटुलीको निधन भएसँगै उनको नाम गिनिज बुकमा लेखाउने अभियान रोकिएको छ । उनको रातीनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको आफन्तले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.