भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झालाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा प्रतिवादी बनाइएका झाविरुद्ध गत साउन २९ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेका थियो । साउन ३० देखि नै बयान थालेको अदालतले ३२ गते सुनुवाइ सुरु गरेको थियो ।

शुक्रबार झाको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले बहस गरेका थिए ।

आइतबार जाहेरवालातर्फको बहस सकिएलगत्तै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । अब उनी माथिल्लो अदालतबाट अन्य आदेश नभएमा मुद्दाको फैसलासम्म थुनामा रहने छन् ।

 

 


Thali Mobile Pvt.Ltd.