भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झालाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा प्रतिवादी बनाइएका झाविरुद्ध गत साउन २९ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेका थियो । साउन ३० देखि नै बयान थालेको अदालतले ३२ गते सुनुवाइ सुरु गरेको थियो ।

शुक्रबार झाको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले बहस गरेका थिए ।

आइतबार जाहेरवालातर्फको बहस सकिएलगत्तै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । अब उनी माथिल्लो अदालतबाट अन्य आदेश नभएमा मुद्दाको फैसलासम्म थुनामा रहने छन् ।

 

 


Thali Mobile Pvt.Ltd.