भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

८ करोडको जग्गा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिने दुर्गा प्रसाईं किन आए सडकमा ?

८ करोडको जग्गा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिने दुर्गा प्रसाईं किन आए सडकमा ?

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएको देखिएको छ ।

खरिद गरेको जग्गाको मूल्य र सोही जग्गा धितो राख्दा बैंकले दिएको ऋण २२ गुणा फरक रहेको महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन वर्ष २०७७/०७८ को लेखा परीक्षणमा उल्लेख छ ।

३२७ नम्बर पेजको ३८ मा उल्लेख भएअनुसार प्रसाईंले निजी अस्पतालका लागि झापा अनारमनी–३ मा रहेको ५७१ ४८ वर्ग मिटर क्षेत्रफल भएको पाँच कित्ता जग्गा ८ करोड थैली अंक राखेर भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरमा २०७७ साउन २ गते राजीनामा लिखत गरी किनेका थिए ।

उक्त जग्गा २०७७ साउन ४ गते विभिन्न ४ वित्तीय संस्थासँग दृष्टिबन्धक लिखत पारित गरी १ अर्ब ७४ करोड ऋण लिएका थिए प्रतिवेदनअनुसार अस्पताल सञ्चालकले अस्पताललाई बिक्री गरेको जग्गाको लिखतमा लिग लगायतको मूल्य समावेश गरिएको छैन । प्रतिवेदनले यस विषयमा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘जग्गाधनीले आफ्नो अचल सम्पत्तिको खरिद मूल्यभन्दा अधिक मूल्यांकन गराई वित्तीय संस्थाबाट ऋण लिँदा सर्वसाधारण निक्षेपकर्ताहरूको निक्षेप जोखिममा पर्ने भएकाले वास्तविक मूल्यभन्दा अधिक कर्जा प्रवाह गरेको कारोबारको

विश्वसनीयता सम्बन्धमा नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकहरूको प्रभावकारी अनुगमन गरी सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नुपर्छ ।’
जग्गा खरिदका क्रममा सरकारलाई तिर्नुपर्ने राजस्व छल्ने प्रयास गरेको महालेखाले आशंका गरेको छ ।

उसले एक दिनको फरकमा रजिस्ट्रेसन प्रयोजनमा जग्गाको थैली अंक न्यून देखाउने तर सोही जग्गा दृष्टि बन्धक गरी खरिद मूल्य भन्दा २२ गुणा बढी थैली अंक कायम गर्दा घटी राजस्व प्राप्त हुने गरी गरेको कारोबार सम्बन्धमा कार्यालयले थप छानबिन गरी छुट भएको राजस्व यकिन गरी असुल गर्न सुझाएको छ ।

तर, आज भोलि उनै व्यवसायी ऋण मिनाहा हुनुपर्छ भन्दै सडकमा आएका छन् । उनको सडकसंघर्ष ऋण मिनाहा मात्रै होईन, लाखौं जनताका छोराछोरीले जीवन आहुती दिएर ल्याएको गणतन्त्र विरूद्व केन्द्रीत देखिएको छ ।

व्यवस्था विरोधी कृयाकलापमा हौसिएका पर्साईको पछाडी पूर्व राजाकोसमेत बदनाम हुनेगरी एक जम्मात दौडिरहेको छ भनेर सामाजिक संजाल भरिएको छ ।

कतिपयले सरकार किन मुकदर्शक भईरहेको छ भनेर सुझाव दिईरहेका छन् । उनको यो गतिविधि ठिक कि बेठिक बाकी अर्को अंकमा हेर्नुहोला ।

 


Thali Mobile Pvt.Ltd.