भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

बेनी सडक आजदेखि ११ गतेसम्म ६ घण्टा बन्द

बेनी सडक आजदेखि ११ गतेसम्म ६ घण्टा बन्द

काठमाडौं । राष्ट्रिय गौरबको आयोजना अन्तर्गत निर्माणाधीन मालढुङ्गा–बेनी सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्यधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन कात्तिक ४ गतेदेखि दैनिक विहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सवारी आवत–जावत बन्द गरिएको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले प्रशासनको अनुमतिमा सडक बन्द गर्ने सूचना जारी गरेको छ । १३ किलोमिटर दूरीको उक्त सडक यतिखेर स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ ।

एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ । मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ ।

मालढुङ्गादेखि बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक निर्माण प्रभावित हुँदै आएको छ । यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ ।

 


Thali Mobile Pvt.Ltd.