भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बेनी सडक आजदेखि ११ गतेसम्म ६ घण्टा बन्द

बेनी सडक आजदेखि ११ गतेसम्म ६ घण्टा बन्द

काठमाडौं । राष्ट्रिय गौरबको आयोजना अन्तर्गत निर्माणाधीन मालढुङ्गा–बेनी सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्यधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन कात्तिक ४ गतेदेखि दैनिक विहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सवारी आवत–जावत बन्द गरिएको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले प्रशासनको अनुमतिमा सडक बन्द गर्ने सूचना जारी गरेको छ । १३ किलोमिटर दूरीको उक्त सडक यतिखेर स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ ।

एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ । मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ ।

मालढुङ्गादेखि बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक निर्माण प्रभावित हुँदै आएको छ । यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ ।

 


Thali Mobile Pvt.Ltd.