भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बेनी–जोमसोम–कोरला सडकमा १३ पुल निर्माण सम्पन्नः ३ वटा निर्माणको चरणमा

बेनी–जोमसोम–कोरला सडकमा १३ पुल निर्माण सम्पन्नः ३ वटा निर्माणको चरणमा

मुख्य बुँदा 

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत १३ पुल निर्माण सम्पन्न

म्याग्दी, मुस्ताङ र माथिल्लो मुस्ताङ खण्डका पुल हस्तान्तरण

तीन पुल (रुप्सेखोला, खहरेखोला, कागबेनी) का ठेक्का सम्झौता तोडियो

ढिलासुस्ती र प्राकृतिक विपद्का कारण ठेक्का रद्द

कालीगण्डकी करिडोरमार्फत भारत–चीन व्यापार विस्तारमा सहयोग

मुस्ताङ, २१ मंसिर । बेनी–जोमसोम–कोरला सडक आयोजनामा अहिलेसम्म १३ पुल निर्माण सम्पन्न भएका छन् । मुस्ताङको उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको यो सडकमा तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् ।

भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३र७४ सालदेखि शुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गएको वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ ।

आयोजना अन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका तीन पुलको ठेक्का सम्झौता तोडिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को रुप्सेखोला, थासाङ गाउँपालिका–४ को खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको हो ।

पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायतका कारणले ठेक्का सम्झौता तोडिएको इन्जिनियर चापागाईँको भनाइ छ ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले अहिलेसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टेखोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ ।

त्यसैगरी, आयोजनाअन्तर्गत मुस्ताङ खण्डको थासाङ–३ को लेतेखोला, सेतोखोला पुल, थासाङ–२ को छाक्ताङ खोला, घरपझोङ–२ को मार्फाखोला पुल, घरपझोङ–३ को स्याङखोला पुल, पान्डाखोला पुल, वारागुङ–३ को छुसाङ नरसिंह खोला, लोघेकर–१ को चराङखोला पुल सम्पन्न भइसकेको जनाएको छ ।

त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.