भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

४ लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र आह्वान

४ लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र आह्वान

काठमाडौँ, २१ मंसिर । सरकारले चालू आर्थिक वर्षका लागि रासायनिक मल आपूर्तिमा तीव्रता दिँदै अहिलेसम्म ४ लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान गरिसकेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मंसिर दोस्रो सातासम्म २ लाख ६६ हजार ५१० मेट्रिक टन मल आपूर्तिको क्रममा रहेको छ।

सरकारले चालू आर्थिक वर्षमा कुल ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ। उक्त लक्ष्यअनुसार वर्षैभर कांग्रेस, धान, गहुँ, मकैलगायत कृषि उत्पादनलाई आवश्यक मल सुनिश्चित गरिने मन्त्रालयको दाबी छ।

यसका लागि यस वर्ष २८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको थियो। कृषि सामग्री कम्पनी लिमिटेड (एग्रो) ले १ लाख ८० हजार ४९१ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ८६ हजार १६ मेट्रिक टन मल आयात प्रक्रियामा राखेका छन्।

एग्रोले मात्र ८८ हजार २१३ मेट्रिक टन युरिया तथा ९२ हजार २७८ मेट्रिक टन डीएपी आपूर्तिको तयारी गरिरहेको छ। यसैबीच, देशभरका गोदाममा ८६ हजार ३३३ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ।

साथै, विभिन्न मार्ग हुँदै नेपाल भित्रिन आइरहेको १ लाख २० हजार ५९७ मेट्रिक टन मल पनि आपूर्तिको अन्तिम चरणमा छ।

कृषि मन्त्रालयका अनुसार सबै प्रकारका मल उपलब्ध गराउन आयात तथा भण्डारण व्यवस्थापनलाई व्यवस्थित बनाइएको छ। बालीको मौसमसँगै कृषि क्षेत्रलाई मल अभाव नपर्ने गरी सबै प्रक्रिया अघि बढाइएका छन्।

 


Thali Mobile Pvt.Ltd.