भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्मचारीको सरुवा, बढुवामा सरकारले ‘भेटी’ आतंक मच्चायाेः ओली

कर्मचारीको सरुवा, बढुवामा सरकारले ‘भेटी’ आतंक मच्चायाेः ओली

काठमाडौं । सिन्धुपाल्चोक गएर नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कर्मचारीको सरुवा ,बढुवामा ‘भेटी’ आतंक मच्चाएको आरोप लगाएका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित भव्य प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । एमाले सरकारमा रहँदा हटाएको यस्तो गलत क्रियाकलाप अहिलेको सरकारले बढाएको ओलीको आरोप छ ।

सरुवा, बढुवामा मात्रै होइन नयाँ नियुक्तिमा पनि भेटी, दक्षिणाबिना काम नै नहुने गरेको उनको भनाइ छ । भेटी दक्षिणा पनि थोरै होइन भ्रष्टाचार गरेर कमाउने भन्दा पनि बढी लिने गरेको अध्यक्ष ओलीको आरोप छ ।

मन्त्रालयमा जाँदा अनुहार हेरेर व्यवहार गर्ने गरेको अध्यक्ष ओलीको भनाई छ । अहिले मन्त्रालयमा जाँदा क्षमता हेरेर होइन रंग हेरेर गठबन्धनको हो की होइन त्यो हेरेर मात्रै काम गर्ने संस्कृतिको विकास वर्तमान सरकारले सुरुवात गरेको ओलीको भनाइ छ ।

एमालेको सरकार रहँदा धेरै काम भयो, त्यो काम किन भयो भने एमालेले अनुहार हेरेर होइन योग्यता र क्षमता हेरेर मात्रै काम गर्ने गरेको उनको जिकिर छ ।

 


Thali Mobile Pvt.Ltd.