भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

साढे चार अर्ब बेरुजुमा डुब्यो कर्णाली सरकार

साढे चार अर्ब बेरुजुमा डुब्यो कर्णाली सरकार

काठमाडौं। पछिल्लो पाँच वर्षमा कर्णाली प्रदेश सरकारको बेरुजु चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ रहेको छ । प्रदेशसभाको छैटौँ स्थापना दिवसका अवसरमा प्रदेशसभा सचिवालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित पदाधिकारीसँग पत्रकारहरूको संवाद कार्यक्रममा बेरुजुको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

प्रदेश सरकारका मन्त्रालय र त्यसअन्तर्गतका निकायको उक्त बेरुजु रहेको सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले बताए । कूल बेरुजुमध्ये नियमित गर्नुपर्ने दुई अर्ब ६३ करोड ६५ लाख तीन हजार नौ ९५८.८२ प्रतिशत, असुलउपर गर्नुपर्ने ३७ करोड ५३ लाख ३८ हजार ८६ र पेस्की एक अर्ब ४७ करोड एक लाख ९२ हजार एक सय ८९ रहेको सभापति मल्ले बताए ।

बेरुजु सबैभन्दा बढी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय दुई अर्ब २२ करोड ६३ लाख ७१ हजार आठ सय ६६ रहेको छ । सबैभन्दा कम मुख्य न्याधिवक्ताको कार्यालयको एक लाख ४५ हजार ५९ रहेको सार्वजनिक गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.