भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भक्तपरमा भोलि वः फेस्टिबल हुँदै

भक्तपरमा भोलि वः फेस्टिबल हुँदै

काठमाडौं । भोलि शनिवार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला हुन लागेको हो ।

मध्यपुरथिमि नगरपालिकाको वडा नम्बर ७ नगदेशको प्राङ्गणमा मेला आयोजना हुनेछ । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने मेलामा काठमाडौं उपत्यकाका १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा आमा तथा महिला समुहलगायतले उत्पादन गरेका हरियो तरकारी र विभिन्न परिकारका नेवारी खाना उपलब्ध हुने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए ।

मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिनेछ । मेलामा नेवारी रेष्टुरालगायत स्थानीय किसान र आमा तथा महिला समूहको मेहनत खेर नजाओस भन्ने उद्देश्यले स्थानीय विद्यालय, कलेज तथा सहकारी तथा अन्य सङ्घसंस्थालाई चार लाख रुपैयाँभन्दा बढीको अग्रिम कुपन बिक्री समेत भइसकेको समितिले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.