भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

एमएसएस मुल्याङ्कनमा भक्तपुर अस्पताल देशकै उत्कृष्ट बी लेभल अस्पताल घोषित

एमएसएस मुल्याङ्कनमा भक्तपुर अस्पताल देशकै उत्कृष्ट बी लेभल अस्पताल घोषित

भक्तपुर,  १९ जेठ । भक्तपुर अस्पतालले ‘सेकेन्डरी बी लेभल’ अस्पतालतर्फ मुल्याङ्कन गर्दा ९० अंक हासिल गर्दै देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ। आइतबार सार्वजनिक भएकाे न्युनतम सेवा मापदण्ड (MSS) को नतिजा अनुसार भक्तपुर अस्पतालले सबै मापदण्डमा उत्कृष्टता हासिल गर्दै देशकै उत्कृष्ट अस्पताल बनेकाे हाे ।

नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उत्कृष्टताको साख जोगाउन थप मेहनत आवश्यक रहेको बताउनुभयो। उहाँले भक्तपुर आफ्नो गृह जिल्ला भएकाले यहाँको स्वास्थ्य सेवा प्रतिको अपेक्षा उच्च रहेको उल्लेख गर्दै वर्षका ३६५ दिन नै सेवा स्तर उस्तै राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, अस्पतालको भौतिक पूर्वाधार विकासमा मन्त्रालयबाट आवश्यक पहल गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

एमएसएस मुल्याङ्कनमा भक्तपुर अस्पताल देशकै उत्कृष्ट बी लेभल अस्पताल घोषित

कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले MSS मूल्यांकन सार्वजनिक कार्यक्रमलाई ‘पर्व’ सरह भएको उल्लेख गर्दै कोभिड महामारीका कठिन परिस्थितिबाट गुज्रेको समयलाई स्मरण गर्नुभयो। अस्पतालले उत्कृष्ट उपलब्धि हासिल गर्नमा सम्पूर्ण कर्मचारी, प्रशासन, तथा स्थानीय निकायको भूमिकालाई धन्यवाद व्यक्त गर्नुभयो।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले भक्तपुर अस्पतालबाट आफूहरुले धेरै सिकेको बताउँदै ९० अंक ल्याएर देशकै उत्कृष्ट बन्नु आफूहरुका लागि प्रेरणादायी भएको टिप्पणी गर्नुभयो।

एमएसएस मुल्याङ्कनमा भक्तपुर अस्पताल देशकै उत्कृष्ट बी लेभल अस्पताल घोषित

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले यो उपलब्धिलाई जिल्लाका लागि ऐतिहासिक फड्कोको रूपमा वर्णन गर्दै स्वास्थ्य क्षेत्रमा भक्तपुर अगाडि बढिरहेको बताउनुभयाे । यस्तै, बागमती स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले ३६५ दिन नै अस्पतालले यस्तो कार्यसम्पादन कायम राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नर्सिङ क्याम्पस प्रमुख रोशनी तुईतुईले एउटै छातामूनी स्वास्थ्य सेवा उपलब्ध गराउँन प्रतिष्ठान निर्माण गर्नु ढिला भएको बताउँदा त्यता तिर ध्यान दिन आग्रह गर्नुभयो ।

भक्तपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष तथा अस्पताल विकास समितिका सदस्य रविन्द्र ज्याख्ले भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल एकै चोटी नभइ विस्तारै बनेको तर्क गनुभयो ।

वडाध्यक्ष ज्याख्ले भक्तपुर अस्पताल एकैचोटि नभई क्रमशः उत्कृष्ट बनेको स्मरण गराउँदै ‘रोम एकै दिन बनेन’ भन्ने भनाइ उल्लेख गर्नुभयो। साथै, भक्तपुर अस्पतालमा भक्तपुर नगरपालिकाको तर्फबाट र नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधित्व गरिरहदा अस्पतालको प्रगतीमा कुनै पनि हस्तक्षेप नगरेको तर्क गर्दै कसैले पनि हस्तक्षेप गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ नर्सिङ निरीक्षक रोशनी श्रेष्ठ र नर्सिङ प्रमुख निर्मला भट्टले पनि आफ्ना धारणा राख्नुभएको थियो। भक्तपुर अस्पतालको यो उपलब्धिले जिल्ला मात्र होइन, देशभरिका अस्पतालका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिइएको छ।

 


Thali Mobile Pvt.Ltd.