भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई अर्ब ५० करोड हिनामिनाको आरोपमा बैंक संस्थापक अध्यक्ष राय पक्राउ

दुई अर्ब ५० करोड हिनामिनाको आरोपमा बैंक संस्थापक अध्यक्ष राय पक्राउ

काठमाडौं, १८ जेठ । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरेको छ। रायमाथि बैंकमा संकलन भएको करिब दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अनुसार रायलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बाट पक्राउ गरिएको हो। उनी हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बसोबास गर्दै आएका थिए भने मूल रूपमा सल्यान जिल्ला निवासी हुन्।

राय संस्थापक अध्यक्षका रूपमा, पछि प्रमुख कार्यकारी अधिकृत (CEO) तथा सञ्चालक समिति अध्यक्ष पदमा रही कार्यरत रहँदा बैंकको ठुलो रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानले देखाएको ब्यूरोले जनाएको छ।

रायलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अनुसार मुद्दा चलाइएको छ र नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान अगाडि बढाइएको  CIB प्रवक्ता युवराज खड्काले जानकारी दिए । यो घटनाले सहकारी, बैंक तथा वित्तीय संस्थामा पारदर्शिता र नियमनको आवश्यकता झनै गहिरो बनाएको छ।

 


Thali Mobile Pvt.Ltd.