भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भक्तपुर नगरपालिकाद्वारा महिलासँग नीति तथा बजेटका लागि राय सुझाव संकलन

भक्तपुर नगरपालिकाद्वारा महिलासँग नीति तथा बजेटका लागि राय सुझाव संकलन

भक्तपुर, ८२ जेठ ।  भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न महिला प्रतिनिधिहरूसँग राय र सुझाव संकलन गरेको छ। नगरपालिकाले बुधबार विशेष भेला आयोजना गरी महिला सहभागितालाई सुनिश्चित गर्दै विकास योजनाको प्राथमिकता निर्धारण गर्न सुझाव लिएको हो।

कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने योजना प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै सुझावअनुसार बजेट विनियोजन गरिने स्पष्ट पार्नुभयो। साथै, उहाँले महिलाहरू सचेत र संगठित भएमा समग्र समाजको रूपान्तरण सम्भव हुने भन्दै सीपमूलक तालिमहरू सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो।

नगर उपप्रमुख रजनी जोशीले महिलाको शिक्षाले परिवार र समाज नै अघि बढ्ने भएकाले सामाजिक सक्रियता आवश्यक रहेको बताउँदै महिला सशक्तिकरणलाई स्थानीय तहको प्राथमिक एजेन्डा बनाइने बताउनुभयो।

कार्यक्रममा सहभागी महिला प्रतिनिधिहरूले विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए, जसमा प्रमुख रूपमा निम्न विषयहरू समेटिएका थिए: सबै वडामा ज्येष्ठ नागरिक लक्षित आदर निकेतन सञ्चालन, अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, स्वास्थ्य स्वयंसेविकामार्फत सुत्केरी भेटघाट र न्यानो कपडा वितरण, महिला उद्यमीलाई सहुलियत कर्जा र स्वरोजगार कार्यक्रम, पाइल्स, फिस्टुला, फिसर लगायतका रोगमा स्वास्थ्य शिविर, ख्वप अस्पतालमा न्युरो सेवा समय विस्तार, पेटीहरू हिँड्न योग्य बनाउने, कवाडी नियन्त्रण, खोलाको किनारमा रिटेनिङ वाल निर्माण, भोलाछेँ पोखरीलाई पौडी पोखरीको रूपमा विकास, भगवतीस्थान स्वास्थ्य केन्द्रमा सेवा विस्तार, कानुनी साक्षरता कार्यक्रम सञ्चालन, नगर बस सेवा प्रारम्भ, दरबन्दी शिक्षकहरूको तलब समयमै निकासा गर्नु पर्ने सुझावहरू थिए । 

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। नगरपालिकाले प्राप्त सुझावहरूको समुचित अध्ययन गरी व्यावहारिक र प्रभावकारी योजनामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.