भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

भक्तपुर युवा टिम शुन्यका विरुद्ध २ गोल गरेर विजयी (भिडियो)

भक्तपुर युवा टिम शुन्यका विरुद्ध २ गोल गरेर विजयी (भिडियो)

भक्तपुर । भक्तपुर कप फूटबल प्रतियोगितामा सुरु भएको छ । फागुन २६ गते सम्म संचालन हुने प्रतियोगिताको आजको पहिलो खेलमा भक्तपुर युवा टिमले शुन्यका विरुद्ध २ गोल गरेर विजयी हासील गरेको छ । त्यस्तै दोस्रो खेलमा द हेलिङ्ग होम एफसीलाई ३ का विरुद्ध ४ गोल हान्दै पाण्डुबजार एफसीले जित हासिल गरेको छ ।

भनपा वडा नं. ७ स्थित महेश्वरी खेलमैदानमा जारी प्रतियोगितामा भक्तपुर युवा टिम, दिर्घायु एफसी काठमाडौं, पाण्डुबजार एफसी, द हेलिङ्ग होम एफसी, झौखेल युनाइटेड, सिर्जनागर एफसी, द राइजिङ्ग ग्रुप, भक्तपुर नगरपालिका, त्यसैगरी भक्तपुर फूटबल क्लव, स्र्पोट एकाडमी साँगा, बागेश्वरी मजुवा समाज, भक्तपुर बहुमुखी क्याम्पस, श्री इन्द्र बक्स गण, बदला एफसी, वीइआर ब्रोदरर्स र चाँगुनारायण नगरपालिका टिम गरी १६ टिम सहभागि भएका छन् ।

प्रतियोगिताको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले उद्घाटन गरेका हुन । भोलि हुने खेलमा झौखेल युनाइटेड र सिर्जनागर एफसी बीच दिउसो एक बजे कडा प्रतिस्पर्दा हुने छ भने दिउँसो ३ः०० बजे द राइजिङ्ग ग्रुप र भक्तपुर नगरपालिकाबीच खेल हुने छ । काठमाडौंका दुई, काभ्रेका दुई र ललितपुरबाट एक टिमको सहभागी रहेको फुटवल प्रतियोगितामा प्रथम हुनेले एक लाख २५ हजार, द्वितीय हुनेले ६५ हजार नगद पुरस्कार तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भिडियो..

 


Thali Mobile Pvt.Ltd.