भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

गाजामा आक्रमण तीब्र, ७ इजरायली मारिएको हमासको दाबी

गाजामा आक्रमण तीब्र, ७ इजरायली मारिएको हमासको दाबी

काठमाडौं । हमासले गाजा पट्टीमा ७ जनाको मृत्यु भएको दाबी गरेको छ । इजरायली बमबारीका कारण ७ बन्धकहरूको मृत्यु भएको हो । हमासले मारिएका बन्धकहरूको संख्या ७० भन्दा बढी हुन सक्ने जनाएको छ । ज्यान गुमाउने सात बन्धकहरू पहिले नै मारिएका ३१ बन्धकहरूमा पर्छन् वा पर्दैनन् भन्ने पनि स्पष्ट पारिएको छैन ।

यस सम्बन्धमा इजरायलबाट कुनै प्रतिक्रिया नआएको बुझिएको छ । अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासले आक्रमण गरेको थियो । सो क्रममा २५३ मानिसहरूलाई बन्धक बनाएको थियो ।

इजरायलका अनुसार हमासको उक्त हमलामा इजरालका १२ सय मानिस मारिएका छन् । इजरायलले यसविरुद्ध कडा कारबाही गरेको थियो । गाजामा ठूलो मात्रामा बमबारी गरेको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म ३० हजार प्यालेस्टाइनी मारिएको दाबी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.