भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ |

भक्तपुर अस्पताल प्रशासनप्रति कर्मचारी नै रुष्ट, घोटालाको छानविन गर्न माग

भक्तपुर अस्पताल प्रशासनप्रति कर्मचारी नै रुष्ट, घोटालाको छानविन गर्न माग

भक्तपुर । भक्तपुर अस्पताल प्रशासनप्रति अस्पतालका कर्मचारी रुस्ट बनेका छन् । कमसल खालका औजारहरु प्रयोग भइरहँदा प्रशासन पूर्णरुपमा आँखा चिम्लेर बसेको भन्दै कर्मचारी रुष्ट बनेका हुन ।

अस्पताल प्रशासनले कर्मचारीहरुलाई विभेद गर्ने गरेको र लामो समयदेखि भक्तपुर अस्पतालामा कार्यरत कर्मचारीलाई पहुँचकै आधारमा मेसुलगायत केही अमुख कर्मचारीको मिलिभगतमा पाखा लगाइएको कर्मचारीहरुको गुनासो छ । अस्पतालमा कुनै अप्ठेरो पर्दा अस्पताल प्रमुखले नै आफूलाई साझ फोन नगर्न भन्दै मोवाइलको स्वीच अफ गर्ने गरेको कर्मचारीको गुनासो छ ।

कमजोर सामानको प्रयोगले अस्पताल रिफर सेन्टरमा परिणत भएकाे कर्मचारीकाे भनाई छ । प्रमुखसामु निवेदन दिँदा समेत ध्यान नदिएको र प्रयोगशालामा प्रयोग हुने सामानले दैनिक हैरानी हुने गरेको छ । एक्सरेमा प्रयोग गरिने सामानहरु कसल हुँदा मेसिन विग्रीने गरेको उदाहरण त कति छन् कति ।

यस्तै अस्पतालमा चलिरहेका सफ्टवयरहरु परिवर्तन गरी कमिसनको खेलमा लाग्दा बिमाको रकम झ्वाम भएको भन्दै कर्मचारीहरु नै आक्राेशित बनेका छन् । भक्तपुर अस्पतालमा भएका विभिन्न घोटालाहरुमाथि घोटाला भएको छ कि छैन सम्बन्धीत निकायले छानविन गर्न कर्मचारीहरुले नै माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.