भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

जनभावना अनुसार भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डाक्टर सुमित्रा गौतम पुनः नियुक्त

जनभावना अनुसार भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डाक्टर सुमित्रा गौतम पुनः नियुक्त

भक्तपुर । जनदवाव र जनभावना अनुसार भक्तपुर अस्पतालमा पुनः डाक्टर सुमित्रा गौतम नियुक्त हुनुभएको छ । विगतमा अस्पतालको स्तरवृद्धिमा डाक्टर गौतमले खेलेको महत्वपूर्ण भूमिकालाई कदर गर्दै बागमती प्रदेश सरकारले पुनः भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा नियुक्त गरेको हो ।

चौरमा घाम ताप्ने अस्पताललाई साच्चै जनताको हितमा काम गर्ने अस्पताल बनाउन डाक्टर गौतम र उनको टिम शतिशाल झै निरन्तर रुपमा खटिएकाले भक्तपुर अस्पतालको मुहार फेरीएको स्थानीयको भनाई छ ।

भक्तपुर अस्पतालमा राम्रा डाक्टरहरु भएपनि विभिन्न बहानामा राजनीतिक पहुँचको आधारा पाखालगाइएकाले क्षमतावान डाक्टरहरुलाई पुनः भक्तपुर अस्पतालमै फर्काउनु पर्ने र भक्तपुर अस्पतालाई कमाइ खाने भाडो बनाउनेलाई जनताले नै कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।

भक्तपुर अस्पतालमा पुनः डाक्टर गौतको नेतृत्वले सफल र सक्षम अस्पताल बनाउन पहल गर्ने भएपछि केही मेडिकल माफियाहरुले आफ्नो हालीमुहाली खुस्केको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री र स्वास्थयमन्त्रीलाई ओपन च्यालेन्ज दिदै आएकोप्रति माफिया राज अन्त्य गर्न आफूहरु भक्तपुर अस्पताललाई निरन्तर निग्रानीमा राख्ने स्थानीय युवाहरुको भनाई छ ।

भक्तपुर अस्पतालमा डाक्टर सुमित्रा गौतमलाई बुधबार बागमती प्रदेश सरकारले पुनः अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट नियुक्त गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.