भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस

कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस

काठमाडौं । प्रहरीबाट भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितले गृहमन्त्रालयलमा प्रतिवेदन बुझाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि भएको कुटपीटबारे छानविन समितिले बिहीबार प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई विमानस्थलबाट हटाउन सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार गृह मन्त्रालयलाई प्रतिवेदनमा सिफारिस गरेको हो ।

समितिलाई प्रतिवेदन पेस गर्न तीन दिनको समय दिइएको थियो । यसैगरी कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको गृह स्रोतले जानकारी दिएको छ । गृह मन्त्रालयले गत शुक्रबार गठन गरेको समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य थिए ।

 


Thali Mobile Pvt.Ltd.