गौतमको टिमले गरेको दु:खमा प्रदेश सरकारले गर्‍यो उच्च सम्मान

गौतमको टिमले गरेको दु:खमा प्रदेश सरकारले गर्‍यो उच्च सम्मान image

भक्तपुर । विगत लामो समय थला परेको भक्तपुर अस्पताल (कोभिड १९) को समय चर्चामा आयो र देशकै राम्रो अस्पतालमा गनियो । भक्तपुर अस्पतालले मेसुका रुपमा डाक्टर सुमित्रा गौतम पाएपछि भक्तपुर असपतालको स्वरुप परिवर्तन भएको हो । गौतमको टिमले त्यो वेला गरेको दुःखको सम्मान बाग्मती प्रदेशले तीन सय सैयामा अस्पताललाई स्तरउन्नती गरेर गरेको हो ।
बागमती प्रदेश सरकार मातहत संचालनमा आएपछि स्थापनाको १ सय १६ वर्षपछि भक्तपुर अस्पतालले आइसीयु सेवा समेत शुरु गर्न सफल भएको थियो ।

उपत्यकाकै दोश्रो जेठो अस्पताल लामो समयको प्रयास पछि उत्कृष्ट अस्पताल बन्न सफल गौतमकै नेतृत्वमा भएको हो । बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १०० बेडको भक्तपुर अस्पतालाई तीन सय बेडको अस्पतालमा स्तरउन्नती गर्ने निर्णय गरेपछि भक्तपुरबासीमा खुशी छाएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६ सय ६९ जना (प्राबिधीक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै भक्तपुर लगाएत हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरउन्ती गर्ने निर्णय गरेको हो ।भक्तपुर अस्पताललाई तीन सय वेडमा स्तरउन्ती गरेपछि सामाजिक सञ्चजालमा यस्ता प्रतिक्रिया आउन थालेका छन् ।

सामाजिक सञ्जाल फेसवुकमा विकास प्रहर लेख्छन् ।

“धेरैधेरै बधाई छ। अस्पताल रिफर सेन्टर हुँदा पनि मैले लेखिन। मेसु बिहिन अस्पताल हुँदा पनि मेसु बिहिन भनेर समाचार लेखिन। अस्पतालमा डाक्टरहरु बिदेश पढ्न जान भक्तपुर अस्ताल दरबन्दि बनाएर आउने डाक्टरको बारेमा पनि लेखिन। हामी त यो चाहिँ रोगको ठेकेदार भनेर भिजिटिङ् कार्ड दिएर बाहिरको औषधि पसलमा पठाउँदा पनि समाचार लेखिन। मैले अरुमा समाचार आउँदा पनि भन्ने गरेको थिएँ, प्रदेश अन्तरगतको अस्पताल भएपछि प्रदेशको सुबिधा सम्पन्न अस्पताल यहि अस्पताल हुन्छ। सरकारको आँखापुग्छ,डाक्टरहरूको ओहिरो लाग्छ। बेड सङ्ख्या थपिन्छ भनेको अहिले ठ्याक्कै भयो। म्यामको पालामा १०० बर्षपछि आईसियु आयो, मुर्दा घरमा बरफ आयो । शैया र सेवा अनि जनशक्ती थपिएर आयो। भक्तपुर अस्पतालको सुरुवाति भबन क्यान्सर अस्पतालको अपहरणमा परेको छ। पछिल्लो भबन मानव अंगको अपहरणमा परेको छ। हाल बनिरहेको भबन पनि कसैको अपहरणमा पर्ने सम्भाबना पनि हुन सक्छ। पाटन अस्पताल जस्तै कुनामा खुम्चिएर भक्तपुर अस्पताललाई खोज्न नपरोस्। अपहरणमा परेका ती भबनहरूको उद्धारमा पनि लाग्नु होला।”गौतमको टिमले गरेको दुःखमा प्रदेश सरकारले ग¥यो उच्च सम्मान

लिला श्रेष्ठ ज्योती लेख्छिन । ..

को अथक प्रयासबाट भक्तपुर अस्पताल यो अवस्थामा पुग्न सफल भएको हो । उहाँलाई हटाएर अस्पतालभित्र फोहोरी राजनीति गर्नेहरुले अस्पताललाई पुनः रिफर सेन्टरको रुपमा परिणत गर्न खोजिँदैछ ।”गौतमको टिमले गरेको दुःखमा प्रदेश सरकारले ग¥यो उच्च सम्मान

भक्तपुर अस्पतालमा दुरबिन प्रविधि बाट शल्यक्रिया, अल्जाइमर्स र मानसिक रोगको निशुल्क सेवा, मुख्यमन्त्री जनता कार्यक्रम मार्फत नसर्ने रोगको निशुल्क स्क्रिनिङ, सुविधासम्पन्न प्रसुती सेवा, एनआइसीयु, एचडियु लगायतका सेवाले गर्दा दिनहु करिब १ हजार बढी बिरामी भक्तपुर अस्पतालमा उपचार गर्न आउने गरेको विगतमा भएपनि पछिल्लो क्रममा यो संखया घट्दै गएको अस्पतालको रेकर्डले देखाएको छ ।

भक्तपुर अस्पतालमा सेवा बढेपनि राजनीतिक दलका कार्यकर्ता भर्ति गर्ने केन्द्र नवनोस् र दक्ष कर्मचारलाई विभिन्न मोहडा बनाएर हटाउने, दुःख दिने कार्य बन्द हुनु पर्ने, अस्पतालको सामान खरिदमा कमिसन खाने र कमसल सामान ल्याउने कर्मचारीलाई ठाउँको–ठाउँ कारबाही हुनु पर्ने स्थानीयको भनाइ रहेको छ । भक्तपुर अस्पताल पहुँचको आधारमा नभइ गुणका आधारमा चल्नु पर्ने स्थानीयको मत रहेको छ ।

बाग्मती प्रदेश सरकारले सेवा विस्तार गरेका अस्पतालहरुमाः–
घादिड अस्पताल (धादिङबेशी) १०० बेड
त्रिशुली अस्पताल (नुवाकोट) १०० बेड
हेटौडा अस्पताल (मकवानपुर) ३०० बेड
सिन्धुली अस्पताल (सिन्धुली )१०० बेड
भक्तपुर अस्पताल (भक्तपुर) ३०० बेड
बकुलर अस्पताल (चितवन) १०० बेड
सिन्धुपाल्चोक अस्पताल (सिन्धुपाल्चोक) ५० बेड
रामेछाप अस्पताल (रामेछाप) ५० बेड
पशुपति चौलागाई अस्पताल (दोलखा) ५० बेड
मेथिनकोट अस्पताल (काभ्रे) ५० बेड रहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • रवि लामिछानेको अनुसन्धान: रुपन्देहीमा के हुँदैछ ? image

    रवि लामिछानेको अनुसन्धान: रुपन्देहीमा के हुँदैछ ?

    काठमाडौं । साढे तीन सातादेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका क्रममा रुपन्देहीमा बयान दिएका छन् ।...

  • आहा सुन्दर ‘बुकीपाटन’ किन बन्यो सुनसान ? image

    आहा सुन्दर ‘बुकीपाटन’ किन बन्यो सुनसान ?

    काठमाडौं । गोठालाहरु बेँसी झरेपछि ढोरपाटनको बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला चिसो बढेसंगै बुकीपाटनमा...

  • राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन image

    राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन

    बाकु । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन् । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य...

  • युएईसँग भिड्दै नेपाल image

    युएईसँग भिड्दै नेपाल

    काठमाडौं । आईसीसी यु १९ महिला टी २० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ ।प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक...


hotelghyampedanda