भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भक्तपुर नगरपालिकाको १८ औं नगरसभा: १२२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर नगरपालिकाको १८ औं नगरसभा: १२२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर, ६ असार । भक्तपुर नगरपालिकाको १८औं नगरसभा शुक्रबार सम्पन्न भएको छ। नगर प्रमुख इन्जिनियर सुनिल प्रजापतिले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएको १२२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिका समग्रमा आत्मनिर्भर, शिक्षित, समृद्ध र संस्कृतिपूर्ण नगर बनाउने प्रतिबद्धता गर्नुभयाे ।

सभामा नगर प्रमुख प्रजापतिले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, कृषि, पर्यटन, खेलकुद, विपद् व्यवस्थापन, वातावरण, सहकारी, खानेपानी, युवालाई आत्मनिर्भर बनाउने र सुशासन प्रवर्द्धनका क्षेत्रमा ठोस योजनाहरू प्रस्तुत गर्नुभयाे ।

उक्त नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रमै मात्र २४ बुँदे विस्तृत कार्यक्रम, सीटी स्क्यान, डायलासिस सेवा थप्ने, सम्पदा पुनःनिर्माण, खेलकुद पूर्वाधार विस्तार, जैविक कृषि प्रवर्द्धन, पर्यटकीय गन्तव्य विकास, सहकारी सशक्तीकरण, प्लास्टिक न्यूनीकरण, माटो जोडाइको घरमा प्रोत्साहनजस्ता उल्लेखनीय योजना समावेश छन्।

नगर प्रमुख प्रजापतिले भक्तपुरलाई देशकै नमुना नगरका रूपमा विकास गर्न जनताको साथ, सहयोग र सुझाव अपरिहार्य रहेको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्न नगर सभासदहरूलाई आग्रह गर्नुभयाे ।

प्रमुख बुँदाहरू:

  • ख्वप अस्पतालमा सीटी स्क्यान, डायलासिस सेवा सुरु गरिने

  • सम्पदा संरक्षणमा ‘एक विद्यालय, एक सम्पदा सरसफाई’ नीति

  • पर्यटक लक्षित ‘कोसेली घर’, विद्युतीय सवारी साधन र सूचना केन्द्र

  • युवा उद्यमशीलता, सीपमूलक तालिम र शैक्षिक ऋणका कार्यक्रम

  • खेलकुद प्रशिक्षकको स्वास्थ्य बीमा, खेल मैदान स्तरीकरण

  • सहकारीमार्फत होम स्टे, सामाजिक सेवा साझेदारी

  • प्लास्टिक न्यूनीकरण, ग्रीन बेल्ट विस्तार, जल संरक्षण

  • भक्तपुरलाई सांस्कृतिक नगर घोषणाका लागि सरकारसँग पहल

  • सम्पदाको पुनर्निर्माणमा जनसहभागिता र वडास्तरीय बजेट

  • घरेलु उत्पादनलाई प्राथमिकता दिई मेला र प्रचारमा जोड दिने ।

नगर प्रमुख प्रजापतिले संविधान प्रदत्त अधिकार प्रयोग गरी पूर्ण स्वायत्त नगरको अभ्यासलाई सुदृढ गर्दै संघीयतालाई मूर्तरूप दिन स्थानीय तहको अधिकार र स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे ।

 


Thali Mobile Pvt.Ltd.