भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

संघीयता कार्यान्वयनमा कमजोरी, कर्मचारी भर्नामा स्थानीय तहलाई अधिकार दिनुपर्ने सांसद सुवालको धारणा

संघीयता कार्यान्वयनमा कमजोरी, कर्मचारी भर्नामा स्थानीय तहलाई अधिकार दिनुपर्ने सांसद सुवालको धारणा

भक्तपुर, ६ असार । नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले स्थानीय तहको अधिकार सुनिश्चित गर्न आवश्यक सुधारको खाँचो रहेकाे बताउनुभएकाे छ । शुत्रफबार भक्तपुर नगरपालिकाको अठारौँ नगरसभाकाे उद्घाटन गर्दै जिल्ला समन्वय समिति खारेज गरेर स्थानीय तहलाई कर्मचारी नियुक्तिको अधिकार दिनुपर्ने बताउँनुभयाे ।

संघ र प्रदेश सरकारले स्थानीय तहलाई एकाइको रूपमा व्यवहार गर्नु संविधानको मर्मविपरीत भएको उल्लेख गर्दै उहाँले प्रदूषण फैलाउने उद्योगहरुलाई स्थानान्तरण गर्न संघ सरकारसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले काठमाडौं उपत्यकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके राष्ट्रकै समृद्धिमा टेवा पुग्ने धारणा व्यक्त गर्दै भक्तपुर नगरपालिकाले भक्तपुरलाई सांस्कृतिक नगर घोषणाको पहल गर्नुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने फोहोर व्यवस्थापनमा विशेष नीति आवश्यक रहेको बताउँदै सांसद सुवालले विद्यालयमा बालबालिकाको पोषणबारे कक्षा सञ्चालनको आवश्यकता औंल्याउनुभयो । सांसद सुवालले न्यायालय र प्रमुख सरकारी निकायमा निष्पक्षता कायम गर्न सरोकारवाला क्षेत्रबाट प्रतिनिधि छनोट गरी नियुक्ति गर्नुपर्ने बताउँनुभयाे ।

साथै, भक्तपुर नपाद्वारा सञ्चालित ख्वप विश्वविद्यालयलाई शहरी विश्वविद्यालयको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो। विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गराउनुपर्ने विषय संसदमा उठाइरहेको उल्लेख गर्दै कक्षा ९ र १० मा इतिहास, भूगोल, राजनीतिशास्त्र, स्वास्थ्य, कानुनी शिक्षा, शारीरिक शिक्षा र नेपालभाषा विषय समावेश गरिनु पर्नेमा जोड दिनुभयो।

नगरसभामा प्रस्तुत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भक्तपुरलाई ज्ञान, विज्ञान र संस्कृतिको केन्द्र बनाउने तथा पर्यटकीय, शैक्षिक, र समावेशी नगरको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयाे । 

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं र सृजना सैंजुले पनि नगरपालिकाको कार्यशैली, पारदर्शिता र नवीन सोचको प्रशंसा गर्दै संघीय ढाँचा अझ सुदृढ गर्न केन्द्र र प्रदेशको समन्वय आवश्यक रहेको बताउनुभयाे । नगर उपप्रमुख रजनी जोशीले लक्ष्मीनरसिंह मन्दिर पुनर्निर्माण र अरनिको सभाभवन निर्माणजस्ता योजनाहरूको प्रगति प्रस्तुत गर्दै आगामी वर्ष सेवा प्रणालीलाई अनलाइनमार्फत थप चुस्त बनाउने प्रतिबद्धता जनाउनुभयाे ।

जिल्ला प्रशासन प्रमुख गोपालप्रसाद अर्यालले स्थानीय सरकार जनतासँग नजिकको, उत्तरदायी निकाय भएको र त्यसलाई मजबुत बनाउन तीन तहबीच समन्वय अपरिहार्य रहेको बताउँनुभयाे ।

ख्वप अस्पतालका मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले सिटी स्क्यान सेवा आगामी वर्षदेखि सुरु हुने जनाउँदै अस्पतालको सेवा जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले हालसम्म आठ हजारभन्दा बढी इन्जिनियर उत्पादन भइसकेको र विश्वविद्यालयस्तरको गुणस्तरीय शिक्षा दिइरहेको जानकारी गराउँनुभयाे ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन गर्नुभयो भने वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्वले पनि मन्तव्य व्यक्त गर्नुभयो।

 


Thali Mobile Pvt.Ltd.