भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भारतमा डाक्टरको अक्षर सुधार्न अदालतको आदेश

भारतमा डाक्टरको अक्षर सुधार्न अदालतको आदेश

मुख्य बुँदा

पञ्जाब र हरियाणा उच्च अदालतले डाक्टरको अक्षर सुधार्न आदेश जारी ।

पढ्न सकिने प्रेस्क्रिप्सनलाई मौलिक अधिकारको रूपमा अदालतले व्याख्या गर्‍यो ।

दुई वर्षभित्र डिजिटल प्रेस्क्रिप्सन अनिवार्य गर्ने वा क्यापिटल अक्षरमा लेख्नुपर्ने व्यवस्था ।

विश्वविद्यालयको पाठ्यक्रममा हस्तलेखनसम्बन्धी विषय राख्न आदेश ।

इन्डियन मेडिकल एसोसिएसनले समस्याको समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

एजेन्सी, १७ असाेज । भारतको पञ्जाब र हरियाणा उच्च अदालतले डाक्टरहरूको अक्षर सुधार्न आदेश दिएको छ । अदालतले डाक्टरको लेखाइ जीवन र मृत्युबीचको प्रश्न बन्न सक्ने भन्दै पढ्न सकिने प्रेस्क्रिप्सन मौलिक अधिकार हो भन्ने निर्णय सुनाएको हो ।

यो आदेश बलात्कारसम्बन्धी एक मुद्दाको सुनुवाइका क्रममा आएको हो । न्यायाधीश जसगुरप्रीत सिंह पुरीले डाक्टरको प्रेस्क्रिप्सन पढ्न खोज्दा असहज भएपछि, निर्णयमा डाक्टरको अक्षर सुधार सम्बन्धी आदेश समेत समावेश गरिएको बीबीसीले जनाएको छ ।

अदालतले चिकित्सा शिक्षा दिने विश्वविद्यालयहरूको पाठ्यक्रममा हस्तलेखनसम्बन्धी विषय समावेश गर्न र डिजिटल प्रेस्क्रिप्सन अनिवार्य गर्ने तयारीका लागि दुई वर्षको समय सीमा तोक्न सरकारलाई निर्देशन दिएको छ । डिजिटल प्रणाली लागू नभएसम्म सबै डाक्टरले प्रेस्क्रिप्सन क्यापिटल अक्षरमा मात्र लेख्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

भारतमा धेरै डाक्टरको लेखाइ केवल औषधि पसलमा बस्ने फार्मासिस्टले मात्रै बुझ्ने अवस्था रहँदा, यसलाई संवेदनशील विषय मानी आदेश जारी गरिएको हो ।

तीन लाख ३० हजार सदस्य रहेको इन्डियन मेडिकल एसोसिएसनका अध्यक्ष डा. दिलीप भानुशालीले यो समस्या संवेदनशील भएको भन्दै समाधानका लागि सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.