भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हवाइ टिकटमा मनलाग्दी भाडा रोक्न प्राधिकरणद्वारा अधिकतम दर सार्वजनिक

हवाइ टिकटमा मनलाग्दी भाडा रोक्न प्राधिकरणद्वारा अधिकतम दर सार्वजनिक

मुख्य बुँदा

चाडपर्वमा मनलाग्दी भाडा लिएको गुनासोपछि प्राधिकरणले अधिकतम हवाई भाडा तोक्यो ।

तोकिएको भन्दा बढी रकम लिने एअरलाइन्सलाई कारबाही हुने चेतावनी ।

सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी (रु. १७,५७९), सबैभन्दा कम भाडा काठमाडौं–सिमरा (रु. ३,९७८) ।

काठमाडौं–नेपालगञ्ज, विराटनगर, भद्रपुर, सुर्खेत र पोखरासहितका रुटको अधिकतम भाडा सूची सार्वजनिक ।

काठमाडौँ, १७ असाेज । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । चाडपर्वको बेला एअरलाइन्स कम्पनीहरूले जथाभावी भाडा लिएको गुनासो आइरहेका बेला प्राधिकरणले विभिन्न रुटको अधिकतम भाडादर तोकेको हो ।

नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडाभन्दा बढी रकम नलिन वायु सेवा कम्पनीलाई निर्देशन दिइएको छ । तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही हुने चेतावनी प्राधिकरणले दिएको छ ।

सार्वजनिक भाडासूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी रुटमा रु. १७,५७९ र सबैभन्दा कम भाडा काठमाडौं–सिमरा रुटमा रु. ३,९७८ तोकिएको छ ।

त्यस्तै काठमाडौं–नेपालगञ्जको भाडा रु. १३,१०३, काठमाडौं–भद्रपुर रु. १२,११२, काठमाडौं–विराटनगर रु. ९,७८५, काठमाडौं–सुर्खेत रु. ९,०३० र काठमाडौं–पोखरा रु. ६,६३५ तोकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.