भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

हवाइ टिकटमा मनलाग्दी भाडा रोक्न प्राधिकरणद्वारा अधिकतम दर सार्वजनिक

हवाइ टिकटमा मनलाग्दी भाडा रोक्न प्राधिकरणद्वारा अधिकतम दर सार्वजनिक

मुख्य बुँदा

चाडपर्वमा मनलाग्दी भाडा लिएको गुनासोपछि प्राधिकरणले अधिकतम हवाई भाडा तोक्यो ।

तोकिएको भन्दा बढी रकम लिने एअरलाइन्सलाई कारबाही हुने चेतावनी ।

सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी (रु. १७,५७९), सबैभन्दा कम भाडा काठमाडौं–सिमरा (रु. ३,९७८) ।

काठमाडौं–नेपालगञ्ज, विराटनगर, भद्रपुर, सुर्खेत र पोखरासहितका रुटको अधिकतम भाडा सूची सार्वजनिक ।

काठमाडौँ, १७ असाेज । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । चाडपर्वको बेला एअरलाइन्स कम्पनीहरूले जथाभावी भाडा लिएको गुनासो आइरहेका बेला प्राधिकरणले विभिन्न रुटको अधिकतम भाडादर तोकेको हो ।

नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडाभन्दा बढी रकम नलिन वायु सेवा कम्पनीलाई निर्देशन दिइएको छ । तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही हुने चेतावनी प्राधिकरणले दिएको छ ।

सार्वजनिक भाडासूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी रुटमा रु. १७,५७९ र सबैभन्दा कम भाडा काठमाडौं–सिमरा रुटमा रु. ३,९७८ तोकिएको छ ।

त्यस्तै काठमाडौं–नेपालगञ्जको भाडा रु. १३,१०३, काठमाडौं–भद्रपुर रु. १२,११२, काठमाडौं–विराटनगर रु. ९,७८५, काठमाडौं–सुर्खेत रु. ९,०३० र काठमाडौं–पोखरा रु. ६,६३५ तोकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.