भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

भेरी करिडोरः तीन जिल्लाको ‘लाइफ लाइन’ तल्लुको पुल अन्तिम चरणमा

भेरी करिडोरः तीन जिल्लाको ‘लाइफ लाइन’ तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोरको सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट रुकुम पश्चिमलाई जोड्ने बेली ब्रिजका पाताहरू सबै जडान भएको आयोजना प्रमुख सुनिल रन्जितकारले बताए ।

पुलको ‘बेस प्लेट’ जडानको काम भने भोलिदेखि सुरु हुने जानकारी दिए । आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनको भनाइ छ । पुलका निम्ति तीन करोड ८१ लख विनियोजन भएको छ ।

यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभई भारत , नेपाल र चीन जोड्ने सडकको महत्त्वपूर्ण संरचना हो । एक सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले धमाधम काम तीब्र गतीमा भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.