भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्ट पनि घरमै नजरबन्द

सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्ट पनि घरमै नजरबन्द

एजेन्सीँ । म्यानमार सरकारले नेत्री आङ सान सुकीलाई घरमा सारेर नजरबन्द गरेको छ । कारागारमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई जुन्ता सरकारले कारागारबाट घरमा नजरबन्द गरेको हो ।

सरकारले कैदीहरूलाई लू को लहरबाट जोगाउन पहल गरेको र त्यसैअनुसार सुकीलाई घरमा सारिएको एक सैन्य अधिकारीले बताएका छन् । सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्टलाई पनि घरमा नै नजरबन्द गरिएको छ ।

जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण कमजोर स्वास्थ्य अवस्था रहेका बन्दीको सुरक्षामा ध्यान दिएको बताएका छन् । राजधानी नेपिडाउमा तापक्रम ४१ डिग्री सेल्सियस पुग्नसक्ने तथा आउँदो हप्ता अझ तातो हुने अनुमान छ ।

नोबेल पुरस्कार विजेता ७८ वर्षीया सुकीले २७ वर्षको कारागार सजाय काटिरहेकी छन् । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुकीलाई नगरबन्द गरिएको थियो । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.