भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रभु बैंकको नाफा एक अर्ब ८१ करोड मात्रै

प्रभु बैंकको नाफा एक अर्ब ८१ करोड मात्रै

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा घटेको हो । नाफामा खराब कर्जाको दबाब देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ७.२७ प्रतिशतले घटेर १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपियाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपियाँ खुद नाफा कमाएको थियो । त्यसैगरी, चालू आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी भने २६।३२ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९६ लाख ८४ हजार रुपियाँ पुगेको छ ।

सञ्चालन नाफा पनि २८।४५ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड २७ लाख ४१ हजार रुपियाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । त्यस्तै, बैंकको एनपिएल ३.४८ प्रतिशतबाट बढेर ४.८१ प्रतिशत पुगेको छ ।

गत आवमा १ अर्ब ५७ करोड ६३ लाख ४९ हजार रुपियाँ रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा बढेर १ अर्ब ७५ करोड ८६ लाख ४५ हजार रुपियाँ पुगेको छ । चालू आवको ९ महिनामा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपियाँ छ भने वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपियाँ छ ।

 


Thali Mobile Pvt.Ltd.