भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री कार्यालयबाटै संघीय निजामती सेवा विधेयक गायब

प्रधानमन्त्री कार्यालयबाटै संघीय निजामती सेवा विधेयक गायब

काठमाडौं । संघीय निजामती सेवा विधेयक गायब छ । संसद् चालु रहेकै अवस्थामा २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक दर्ता गर्ने निर्णयगरेको थियो । तर, त्यसपछि सो विधेयक एकाएक गायब पारिएकाे छ ।

त्यतिखेर संसद्मा दर्ता नै हुन सकेन । दर्ता नभएपछि विधेयक संसद्मा छलफल हुने अवस्था नै नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दियो ।

त्यसलगत्तै संसद् अधिवेशन समाप्त भयो । त्यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले संघीय निजामती सेवा ऐन जसरी पनि ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर, विधेयक गायब भएसँगै प्रधानमन्त्रीको प्रतिबद्धताले हावा खाएको छ । संविधान जारी भएलगत्तै आउनुपर्ने संघीय निजामती सेवा ऐन ८ वर्षदेखि आउन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.