भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

किस्ता बुझाएपछि बुटवलका दुई उद्योगको विद्युत् जोडियो

किस्ता बुझाएपछि बुटवलका दुई उद्योगको विद्युत् जोडियो

काठमाडौं । बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि बुटवल वितरण केन्द्रअन्तर्गतका दुई उद्योगको विद्युत् लाइन जोडिएको छ ।

जिबी टेक्टाइल र जिबी टेक्साइलले पहिलो किस्ताबापत क्रमशः ३५ लाख ३७ हजार रुपैयाँ र १४ लाख १२ हजार रुपैयाँ शुक्रबार बुझाएपछि विद्युत् लाइन जोडिएको हो ।

चरम लोडसेडिङका वेला २४ सै घण्टा विद्युत् उपभोग गरेर वर्षौँसम्म अर्बौँ बक्यौता नबुझाएका उद्योगहरूले थप पाएको तीनमहिने अवधिमा पनि तिर्न अटेरी गरेपछि विद्युत् प्राधिकरणले बिहीबार ४३ उद्योगको लाइन काटिदिएको थियो ।

ऊर्जाको दबाबका बाबजुद नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि शुक्रबार दुई उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.