भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

किस्ता बुझाएपछि बुटवलका दुई उद्योगको विद्युत् जोडियो

किस्ता बुझाएपछि बुटवलका दुई उद्योगको विद्युत् जोडियो

काठमाडौं । बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि बुटवल वितरण केन्द्रअन्तर्गतका दुई उद्योगको विद्युत् लाइन जोडिएको छ ।

जिबी टेक्टाइल र जिबी टेक्साइलले पहिलो किस्ताबापत क्रमशः ३५ लाख ३७ हजार रुपैयाँ र १४ लाख १२ हजार रुपैयाँ शुक्रबार बुझाएपछि विद्युत् लाइन जोडिएको हो ।

चरम लोडसेडिङका वेला २४ सै घण्टा विद्युत् उपभोग गरेर वर्षौँसम्म अर्बौँ बक्यौता नबुझाएका उद्योगहरूले थप पाएको तीनमहिने अवधिमा पनि तिर्न अटेरी गरेपछि विद्युत् प्राधिकरणले बिहीबार ४३ उद्योगको लाइन काटिदिएको थियो ।

ऊर्जाको दबाबका बाबजुद नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि शुक्रबार दुई उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.