भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन

अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आज ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय समुद्घाटन गरेका छन् । उद्घाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको चौथो तल्लाबाट ख्वप तिलगंगा आँखा अस्पतालको सेवा आजबाट शुभारम्भ भएको छ । भक्तपुर देशकै सानो नगरपालिका भए पनि शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय भएको जिकिर गरे ।

नगरबासीहरुको मात्र नभई देशकै जनतालाई आवश्यक सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको बताए । आँखा अस्पतालबाट गरिब जनताको निःस्वार्थ रुपमा सेवा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले अस्पतालबाट प्रवाह हुने सेवाबाट व्यापक जनताको हित हुने धारणा राखे । जनताले बुझ्ने सरल भाषामा सेवा प्रवाह गर्न सके बिरामीहरुलाई सहज हुने उनको तर्क छ ।

भक्तपुरलाई आफ्नो कार्य क्षेत्र बनाएकोमा तीलगंगा आँखा अस्पताललाई धन्यवादज्ञापन गर्दै अस्पतालका सेवा सुविधाहरु समयसापेक्ष ढंगले स्तरवृद्धि गर्दै लानुपर्नेमा जोड दिए । कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जनताको सहज सेवाको लागि तिलगंगा र हेटौडा आँखा अस्पतालको तुलनामा सस्तो शुल्कमा स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालन गरेको बताए ।

१८ वर्ष अघि भक्तपुरको सानो कोठाबाट सञ्चालित आँखा केन्द्र हाल भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको सुविधासम्पन्न भवनबाट सेवा शुभारम्भ हुनु भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको बताउँदै उहाँले ख्वप तिलगंगा आँखा अस्पतालले विद्यालयहरुमा आँखा शिविर, टोलटोलमा आँखा शिविरहरु सञ्चालन गर्दै आइरहेको बताए । उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले जनताको सेवा र सुविधाको लागि समाजवाद उन्मुख गतिविधि गर्दै आइरहेको भन्दै शिक्षासँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम गर्ने योजनाका साथ अगाडि बढिरहेको धारणा राखिन् ।

तिलगंगा आँखा अस्पताल काठमाडांैका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले ऐतिहासिक एवम् सांस्कृतिक नगरका जनताहरुको सेवा गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै आर्थिक र सामाजिक कारणले कुनै पनि बिरामीले आँखा उपचारको सेवाबाट बञ्चित हुन नदिन यस अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने बताए । ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले ख्वप अस्पतालबाट प्रवाहित हुने सेवा सुविधाहरुलाई अझ व्यवस्थित गर्दै लाने योजना रहेको बताउँदै अस्पतालले जनमुखी कार्य गरी ३६५ दिन नै जनताको सेवामा समर्पित भावले काम गर्दै आइरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.