भक्तपुर । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ३० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान र नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारी सम्मान गरिएको हो । नपाले आत्मनिर्भर हुने संस्कृतिको विकासलाई निरन्तरता दिँदै जानुपर्ने बताउँदै जनतालाई सचेत र संगठित पार्दै अगाडि बढ्नुपर्ने अध्यक्ष बिजुक्छेँले खाँचो औल्याए ।
विदेशबाट सिकेको ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गर्न सके देशलाई फाइदा पुग्ने भन्दै भक्तपुरको मौलिकतालाई जस्ताको तस्तै जगेर्ना गर्नुपर्ने धारणा राखे । यसैबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान घोषणा भएको ८ वर्ष बितिसक्दा पनि देशमा संघीयताको राम्रो कार्यान्वयन हुनसकेको बताए । स्थानीय तहहरुले संघ र प्रदेशले पठाउने समानीकरण अनुदान बढाउनुपर्ने माग गरिरहेको बेला सशर्त अनुदान बढाई संघ र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्न खोजिरहेको बताए ।
जनसंख्या र क्षेत्रफलको आधारमा स्थानीय तहलाई वित्त आयोगको सिफारिसमा अनुदान प्रदान गर्ने संवैधानिक व्यवस्था भए पनि चालु आ.व. २०८०, ०८१ को बजेटमा बागमती प्रदेशले भक्तपुर नगरपालिकालाई समपुरक अनुदान र विशेष अनुदान शीर्षकमा बजेट नै नपठाएकोमा आपत्ति जनाए । फरक विचार राख्ने पालिकालाई सहयोग नगर्ने बागमती प्रदेश सरकारको नीति आपत्तिजनक भएको उल्लेख गरे ।
सरकारलाई संविधानविपरीत पक्षपात र पूर्वाग्राही काम गर्ने छुट नभएको तर्क प्रमुख प्रजापतिको छ । बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले तीन तहको सरकारले आफ्नो नीति तथा कार्यक्रमको समीक्षा,उपलब्धि र सफलताबारे जनताबीच छलफल आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २ असार । सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट सकुशल फेला पारेको छ। उनी केही...
काठमाडौँ, २ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलस्थित Level Up Enterprises नामक कम्पनीले चीनबाट आयात गरेको ७४ पोका ब्रान्डेड सनग्लास, लेडिज टप्स लगायतका सामानमा अनियमितता उजागर भएको...
महोत्तरी, २ असार। मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले...
म्याग्दी, २ असार । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक ९मार्ग० जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको...