भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विपद् व्यवस्थापन प्रभावकारी बनाउन स्वयंसेवक तालिम

विपद् व्यवस्थापन प्रभावकारी बनाउन स्वयंसेवक तालिम

काठमाडौँ, २८ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानीय तहका प्रतिनिधिलाई लक्षित गरी स्वयंसेवक तालिम सुरु गरेको छ।

प्राधिकरणले ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम पाठ्यक्रम २०८१’ अनुसार काठमाडौँमा सात दिने तालिम आयोजना गरेको हो। तालिम काठमाडौँको शङ्खरापुरमा सञ्चालन भइरहेको छ।

तालिमको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेश भट्टले विपद् पर्दा सबैभन्दा पहिले घटनास्थलमा पुग्ने स्थानीयबासिन्दा तथा जनप्रतिनिधि हुने भएकाले उनीहरूलाई तालिम दिँदा विपद् प्रतिकार्य अझ प्रभावकारी हुने धारणा व्यक्त गरे।

यस प्रकारको तालिमले उद्धार, राहत र व्यवस्थापन कार्यलाई चुस्त बनाउने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा देशभरका सबै स्थानीय पालिकामा यस्ता तालिम सञ्चालन गरिने जानकारी दिए।

प्राधिकरणका अनुसार तालिममा धनुषाको सहिदनगर नगरपालिका र सबैला नगरपालिकाबाट छ जना महिला र १८ जना पुरुष गरी २४ जनाको सहभागिता रहेको छ।

उक्त तालिम प्राधिकरण, सहिदनगर नगरपालिका र सबैला नगरपालिकाको संयोजनमा ‘तत्पर’ परियोजनाअन्तर्गत प्लान नेपाल तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको सह–संयोजन र जलवायु उत्थानशील इञ्जिनियरिङ्गको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.