भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विपद् व्यवस्थापन प्रभावकारी बनाउन स्वयंसेवक तालिम

विपद् व्यवस्थापन प्रभावकारी बनाउन स्वयंसेवक तालिम

काठमाडौँ, २८ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानीय तहका प्रतिनिधिलाई लक्षित गरी स्वयंसेवक तालिम सुरु गरेको छ।

प्राधिकरणले ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम पाठ्यक्रम २०८१’ अनुसार काठमाडौँमा सात दिने तालिम आयोजना गरेको हो। तालिम काठमाडौँको शङ्खरापुरमा सञ्चालन भइरहेको छ।

तालिमको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेश भट्टले विपद् पर्दा सबैभन्दा पहिले घटनास्थलमा पुग्ने स्थानीयबासिन्दा तथा जनप्रतिनिधि हुने भएकाले उनीहरूलाई तालिम दिँदा विपद् प्रतिकार्य अझ प्रभावकारी हुने धारणा व्यक्त गरे।

यस प्रकारको तालिमले उद्धार, राहत र व्यवस्थापन कार्यलाई चुस्त बनाउने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा देशभरका सबै स्थानीय पालिकामा यस्ता तालिम सञ्चालन गरिने जानकारी दिए।

प्राधिकरणका अनुसार तालिममा धनुषाको सहिदनगर नगरपालिका र सबैला नगरपालिकाबाट छ जना महिला र १८ जना पुरुष गरी २४ जनाको सहभागिता रहेको छ।

उक्त तालिम प्राधिकरण, सहिदनगर नगरपालिका र सबैला नगरपालिकाको संयोजनमा ‘तत्पर’ परियोजनाअन्तर्गत प्लान नेपाल तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको सह–संयोजन र जलवायु उत्थानशील इञ्जिनियरिङ्गको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.