भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौं उपत्यकाको तापक्रम ५.४ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकाको तापक्रम ५.४ डिग्रीमा झर्‍यो

काठमाडौं, २८ मंसिर । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा चिसो बढ्दै गएको छ। आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ। आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जनाइएको छ।

हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव कायम रहेको महाशाखाले जनाएको छ। आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

यस्तै, देशकै चिसो क्षेत्रमध्ये एक हुम्लामा न्यूनतम तापक्रम माइनस १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ। चिसो बढ्दै जाँदा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.