भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बिपिन जोशी सकुसल, चाँडै नेपाल फर्कने

बिपिन जोशी सकुसल, चाँडै नेपाल फर्कने

काठमाडौं । कञ्चनपुरका बिपिन जोशी सकुसल रहेका छन् । गत वर्ष अक्टोबर ७, २०२३ मा इजरायलबाट हमासको अपहरणमा परेका उनी सकुसल रहेको जनाइएको छ । उनी अब नेपाल फर्कन सक्ने नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले बताएका हुन ।

राजदूत बासका अनुसार ह्मासले इजरायल, नेपाल र अन्यदेशका गरी २५० जनाभन्दा बढी बन्धक बनाएकोमा ११७ जना पटक पटक गरी रिहा भइसकेका, केहीको मृत्‍यु भइसकेको र अझ १०१ जना हमासको नियन्त्रणमा रहेका छन् । हाल इजरायल र हमासबिच युद्धविराम भएको हुँदा अब बन्धकहरु रिहा हुने हुँदा बिपिन जोशीसमेत रिहा हुने उनले बताए ।

अरब श्रोतले जानकारी गराए अनुसार बिपिन जिवितै रहेको र गाजा पट्टीमा रहेको समेत उनले बताए । तर हाल उनी कुन र कस्तो अवस्थामा छन् सो भने भन्न् नसकिने, उनी अब चाँडै रिहा हुने छन् भन्ने आफूलाई आशा रहेको उनले बताए ।

हाल युद्धविराम भएको हुँदा अब रोकिएको अर्न एण्ड लर्न कार्यक्रम र केयर गिभरमा पनि नेपाली कामदार इजरायल पठाउन आफुले पहल गर्ने राजदूत बासले बताए । बास भर्खर मात्र नेपालका राजदूत नियुक्त भएर आफ्नो कार्यकाल सम्हाल्न नेपाल आएका हुन ।

सिक र कमाउ (अर्न एण्ड लर्न) कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० नेपालीको गत वर्ष अक्टोबर ७ मा नोभा संगीत महोत्सब मनाइरहेका बेला हमासको आक्रमणमा परी निधन भएको थियो भने बिपिन जोशी अपहरणमा परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.