भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आत्मनिर्भर विप्लव नेतृत्वकाे नेकपा: कपडा उत्पादन आफ्नै गार्मेन्टमा

आत्मनिर्भर विप्लव नेतृत्वकाे नेकपा: कपडा उत्पादन आफ्नै गार्मेन्टमा

कपिलवस्तु । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु आत्मनिर्भर बन्दै गएका छन् । उनीहरु आफैंले उत्पादन गरेको एकै खालको पोशाक सिलाउँछन् र लगाउँ छन् । त्यो पनि आफ्नै गार्मेन्टमा । केन्द्रीय समिति बैठकमा सहभागी भएका सवै नेताहरु एकै ड्रेसमा सजिएका छन् ।

मंसिर २७ गतेदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समिति बैठकमा देखिएको दृश्यले सबै नेताहरु कालो रंगको कोट, पाइन्ट र सेतो सर्टमा सहभागी हुनु र पत्रकारले सोध्दा आत्मनिर्भरको बाटोमा अघिबढेको बताएका हुन् । शिवगढीमा पार्टीले नै सञ्चालन गर्दै आएको गार्मेन्टमा ड्रेस उत्पादन हुने गरेको केन्द्रीय सदस्य शरद ओलीले बताए । उनले भने ‘शिवराज नगरपालिकामा हाम्रो केन्द्रीय कार्यालय छ ।

केन्द्रीय कार्यालय मातहत जनकम्युन छ, त्यो जनकम्युनले गार्मेन्ट पनि सञ्चालन गर्दै आएको छ ।’ सामूहिक रुपमा सिलाउँदा सस्तो र मनपर्दो हुने भएकाले एउटै ड्रेसकोड बनाइएको नेताहरुको भनाइ छ । बैठक र अरु औपचारिक कार्यक्रममा पार्टीका नेताहरु यही ड्रेसकोडमा देखिने नेकपाले जनाएको छ । गार्मेन्ट सन्चालनको जिम्मा भने संगम सीले लिएका छन् । अहिले करिब एक दर्जन जनशक्ति कार्यरत छन् ।

 


Thali Mobile Pvt.Ltd.