भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

नवीकरण नभएका तीन वटा पाँचतारे होटल बन्द

नवीकरण नभएका तीन वटा पाँचतारे होटल बन्द

काठमाडौं । पाँचतारे होटलमध्ये तीन वटा पाँचतारे होटलको सेवा बन्द भएको छ । अहिले पोखरास्थित होटल द फूलबारी लिमिटेड, काठमाडौंको लाजिम्पाटस्थित होटल साङ्ग्रिला र दरबारमार्गस्थित होटल डेला अन्नपूर्णको सेवा अहिले बन्द भएको हो । यी होटल आन्तरिक कारणले बन्द भएको पर्यटन विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलले बताए ।

यसमध्ये अन्नपूर्ण होटलको नवीकरणको अवधि बाँकी रहेका कारण उसको कानुनी हैसियत बाँकी छ । साविकमा अन्नपूर्ण होटल रहेको स्थानमा ६ अर्ब रुपैयाँ लगानीमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरिएको छ । जसमा भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले लगानी गर्दैछन् । यो स्थानमा २०८५ सालदेखि नयाँ होटल सञ्चालनको योजना छ ।

फूलबारी र साङ्ग्रिला बन्द भएका कारण यी होटलले पाँचतारेको हैसियतमा कानुनी मान्यता नपाउने उनले बताए । कोभिड महामारीको संकटयता आतिथ्य सेवा प्रभावित भयो । त्यसपछि उठ्न नसकेका कतिपय होटलहरूले अझै सेवा सुरु गर्न सकेका छैनन् । तीन पाँचतारे होटलको इजाजत नवीकरण नभएको विभागले जनाएको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल, दरवारमार्गस्थित याक एन्ड यति र लाजिम्पाटस्थित र्‍याडिसन होटलले इजाजत नवीकरण गरेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.