भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

भक्तपुरको सूर्यमढीमा माछा मार्ने जात्रा, अनिकालका बेला सहकाल ल्याउने नाच

भक्तपुरको सूर्यमढीमा माछा मार्ने जात्रा, अनिकालका बेला सहकाल ल्याउने नाच

भक्तपुर । नेपालकै चर्चित, धार्मिक एवं एतिहासिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध माछामार्ने जात्रा सुरू हुदैछ । नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ अर्थात माछा मार्ने जात्राका रुपमा परिचित याे नाच प्रत्यक वर्ष भक्तपुरका विभिन्न २१ स्थानमा प्रदर्शन हुने गर्दछ । जात्रा भने सूर्यमढीबाट सुरु हुने परम्परा छ । नेपाल संवत ६३३ मा भक्तपुरमा अनिकाल परेका बेला सहकाल ल्याउन यो नाच संचालनमा ल्याएको इतिहास छ । माघे सङ्क्रान्तिको साँझ देवगणले सूर्यमढी टोल परिक्रमा गरी राति खःप्याखं (नाच) प्रदर्शन गरी च्याम्हासिंह क्षेत्रमा ‘मुःवाहा जात्रा’ गरिएको थियो ।

जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको ‘खःप्याखं’ प्रदर्शनी हुने, ‘मुःवाहा जात्रा’ र ‘चाःप्याखं’ (रात्रि नाच) गर्र्ने परम्परा रहेको स्थानीय यज्ञबहादुर फाजुले बताउनु भयो । जसअनुसार आज सूर्यमढीमा बाराही प्याखंस सिम्ह दुम्हको प्याखं तथा ङालाकेगु जात्रा हुन्छ । दिउँसो महाकाली प्याखं, साँझ महाकाली र श्वेत भैरवको ‘गा तोकेगु प्याखं’ (खास्टो निकाल्ने नाच) हुन्छ ।

त्यसपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘ना होलेगु प्याखं’ (पानी निकाल्ने नाच) सँगै श्वेत भैरवको ङालाकेगु जात्रा हुन्छ । जात्रा सकेपछि ‘प्वास्याकेगु प्याखं’ (पेट दुखाउने नाच), श्वेत भैरवको ‘मतिना प्याखं’ (मायाको नाच) वस हियेगु प्याखं (लुगा धुने नाच) र अन्तमा श्वेत भैरवको प्याखं प्रदर्शनी हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायण वनमालाले बताउँनु भयो ।

भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीको यो जात्राको विशिष्ट पहिचान रहेको सस्कृतिकर्मीको भनाइ छ । यो जात्रा भक्तपुर , काठमाडौँ र काभ्रे जिल्लामा वर्षमा आठ महिना सञ्चालन हुने गर्दछ । जु नाचमा १९ जना देवगण रहने गर्दछन् । नाचमा मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् ।

टोलीका सदस्यहरुबाटै बाजा बजाउने गरिन्छ । फरकफरक टोलहरुमा हुने नाच दिनभर चल्ने गर्दछ । तथापि साँझ प्रदर्शन हुने नाच विशेष रुचिकर हुने स्थानीयको भनाइ छ । प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ । मानव समाजमा आधारित भक्तपुरको यो नाच सञ्चालन गर्न नेवार समुदायको उजाजु (बनमाला) जातिको महत्वपूर्ण भूमिका हुन्छ ।

बनमाला समुदायबाटै पालैपालो यो नाच सञ्चालन हुन्छ । यो नाचले धेरै पुरानो इतिहास बोकेको इतिहाविद प्राडा पुरुषोतमलोचन श्रेष्ठ बताउँंनुहुन्छ । यो नाचको थालनी भक्तपुरका राजा भुबन मल्लले (ई.सं. १५०५ देखि १५१९) सञ्चालनमा ल्याएको देखिन्छ ।