भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिता सुरु

तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिता सुरु

भक्तपुर । तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिता महेश्वरी खेलमैदानमा सुरु भएको छ । फागुन २६ गतेसम्म हुने प्रतियोगिताको आज भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले उद्घाटन गरेका हुन । उदघाटन खेलमा आयोजक भक्तपुर युवा टिम गोल्मढी र दीर्घायु एफसी काठमाडौंबीच भिडन्त भएको छ ।

दोश्रो खेल पाण्डुबजार एफसी र द हेलिङ्ग होम एफसीबीच हुने छ । भोलि झौखेल युनाइटेड र सिर्जनागर एफसी बीच दिउसो एक बजे हुने छ भने त्यस्तै तीन बजे द राइजिङ्ग ग्रुप र भक्तपुर नगरपालिकाबीच हुने छ । प्रतियोगितामा कुल १६ वटा टिमहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

जिल्लाका ११ वटा टिम सहभागी छन् । जसमा भक्तपुर नगरपालिकाबाट ५, सूर्यविनायक नगरपालिकाबाट ३ वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी हुने अध्यक्ष केशव त्वानाबासुले जानकारी दिए । काठमाडौंका दुई, काभ्रेका दुई र ललितपुरबाट एउटा टिमको सहभागी रहेको छ ।

फुटवल प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भइरहेको छ । प्रथम हुनेले एक लाख २५ हजार र द्वितीय हुनेले ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.