भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर साकोसले १ लाख राशीको राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८० गर्दै

भक्तपुर साकोसले १ लाख राशीको राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८० गर्दै

भक्तपुर । भक्तपुर साकोसले आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८० आयोजना गर्ने भएको छ । यो नेपाल बुद्धिचाल महासंघको आधिकारिक प्रतियोगिता हो ।

यस प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन तथा महिला नेपाल च्याम्पियन लगायत पूर्व नेपाल च्याम्पियनहरूको सहभागिता रहने आयोजकले जनाएको छ । देशभरबाट १२० जना सहभागी हुने यस च्याम्पियनसिपमा महिला तथा विद्यार्थीहरूको उपलब्धीमूलक सहभागीता हुनेछ ।

रु १ लाख २२ हजार राशीको यस च्याम्पियनसिपमा प्रथम हुनेले २५ हजार एक, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार एक र चौथौ हुनेले रू ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा २६ जनालाई पुरस्कृत गरिने बताइएको छ ।

स्विस लिग प्रणाली अनुसार हुने प्रतियोगिता ९ चरणमा सकिने छ । Fide Laws of Chess को नियमानुसार रापिड प्रतियोगिता १५ मिनेट १० सेकेण्डको हुनेछ । च्याम्पियनसिप भोलि शुक्रबारबाट हुने छ ।

विहान १० बजे उद्घाटन् सुरु भइ कार्तिक १८ गते सम्पन्न हुनेछ । १८ गते नै पुरस्कार वितरणको कार्यक्रम रहेको ले खेलअवधिभर उपस्थित हुन सम्पूर्णलाई भक्तपुर साकोसले अनुरोध गरेको छ । तल्लो वर्गलाई आर्थिक रूपमा क्रियाशील बनाउन सहकारीको गठन र निर्माण भएको यस सहकारीले हरेक खेललाई निरन्तरता दिँदै आएको छ ।

सहकारी राष्ट्रिय अर्थतन्त्रको तेस्रो खम्बा भएकाले राष्ट्रको कूल उत्पादनको ३%सहकारीले योगदान गरेको जनाइएको छ । समुदायको आवश्यकता अनुसार छिटोछरिटो सेवा प्रदान गर्दै आएको यो संस्था समुदायमा आधारित सहकारीहरुमा उदाहरणीय बन्न सफल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.