भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

भक्तपुर साकोसले १ लाख राशीको राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८० गर्दै

भक्तपुर साकोसले १ लाख राशीको राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८० गर्दै

भक्तपुर । भक्तपुर साकोसले आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८० आयोजना गर्ने भएको छ । यो नेपाल बुद्धिचाल महासंघको आधिकारिक प्रतियोगिता हो ।

यस प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन तथा महिला नेपाल च्याम्पियन लगायत पूर्व नेपाल च्याम्पियनहरूको सहभागिता रहने आयोजकले जनाएको छ । देशभरबाट १२० जना सहभागी हुने यस च्याम्पियनसिपमा महिला तथा विद्यार्थीहरूको उपलब्धीमूलक सहभागीता हुनेछ ।

रु १ लाख २२ हजार राशीको यस च्याम्पियनसिपमा प्रथम हुनेले २५ हजार एक, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार एक र चौथौ हुनेले रू ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा २६ जनालाई पुरस्कृत गरिने बताइएको छ ।

स्विस लिग प्रणाली अनुसार हुने प्रतियोगिता ९ चरणमा सकिने छ । Fide Laws of Chess को नियमानुसार रापिड प्रतियोगिता १५ मिनेट १० सेकेण्डको हुनेछ । च्याम्पियनसिप भोलि शुक्रबारबाट हुने छ ।

विहान १० बजे उद्घाटन् सुरु भइ कार्तिक १८ गते सम्पन्न हुनेछ । १८ गते नै पुरस्कार वितरणको कार्यक्रम रहेको ले खेलअवधिभर उपस्थित हुन सम्पूर्णलाई भक्तपुर साकोसले अनुरोध गरेको छ । तल्लो वर्गलाई आर्थिक रूपमा क्रियाशील बनाउन सहकारीको गठन र निर्माण भएको यस सहकारीले हरेक खेललाई निरन्तरता दिँदै आएको छ ।

सहकारी राष्ट्रिय अर्थतन्त्रको तेस्रो खम्बा भएकाले राष्ट्रको कूल उत्पादनको ३%सहकारीले योगदान गरेको जनाइएको छ । समुदायको आवश्यकता अनुसार छिटोछरिटो सेवा प्रदान गर्दै आएको यो संस्था समुदायमा आधारित सहकारीहरुमा उदाहरणीय बन्न सफल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.