भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

साढे पाँच वर्षदेखि पुलको काम अलपत्र

साढे पाँच वर्षदेखि पुलको काम अलपत्र

काँक्रेविहार । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र छ । क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेको छ तर उसले पनि दुई वर्षभन्दा बढी समयदेखि काम गर्न सकेको छैन ।

भेरी कोरिडोरबीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुस्किल भएको छ । तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीमा एक सय मिटर लामो पक्की पुल निर्माण गर्ने भनिएको थियो । १५ करोडमा उक्त पुल निर्माण गर्ने भन्दै पाँच वर्षअघि ठेक्का दिइएको थियो ।

क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा त कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेको स्थानीयको आरोप छ । यसले एक सय छ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा समेत बाधा पुग्ने देखिएको छ । हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो ।

पुल समयमै नबन्दा आयोजनाको निर्माणकार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकार भएका निकायले चिन्ता व्यक्त गरेका छन् ।
जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले पुल निर्माणमा तदारुकता नदेखाए अब कारबाही गरेर अगाडि बढाइने बताउनुभयो । हाल दुई ठाउँका पिल्लर केही मात्र निर्माण गरी बाँकी काम अलपत्र छ । पटकपटक ताकेता गर्दा पनि ठेकेदार काम गर्न नआएको बताए ।

त्रिवेणाीदेखि इलसम्मको सडक निर्माणकार्य भने अन्तिम चरणमा पुगेको सापकोटाले जानकारी दिए । सो सडक जगदुल्ला गाउँपालिकामा निर्माण हुने ड्यामसम्म पुग्नेछ । १० किलोमिटर लामो सडक निर्माणकार्य अन्तिम चरणमा पुगे पनि पुलको कामले समस्या हुँदै आएको छ ।

आयोजना निर्माणका लागि १४ अर्बको ठेक्का लगाइसकिको छ । अब ठेक्काको अन्तिम मूल्याङ्कनको काम जारी रहेको हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले ठेकेदारको लापरबाहीका कारण काम समयमा हुन नसकेको भन्दै आक्रोष पोखे । रासस

 


Thali Mobile Pvt.Ltd.