भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने

डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने

एजेन्सी । डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने अमेरिकी संघीय जाँच व्यूरो एफबीआई प्रमुख क्रिस रे’ले तयारी गरेका छन् ।

ट्रम्पले अघिल्लो कार्यकालमा तत्कालीन एफबीआई प्रमुखलाई बर्खास्त गरेपश्चात रेको नाम प्रस्तावित गरेका थिए । उनले जो बाइडेन प्रशासनको समयावधि सकिएसँगै राजीनामा दिने बताइएको छ । उनले जो बाइडेन प्रशासनको समयावधि सकिएसँगै राजीनामा दिने बताइएको छ ।

सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको जाँच गरेको निहुँमा तत्कालीन एफबीआई प्रमुख जेम्स कोमीलाई ट्रम्पले बर्खास्त गरेका थिए । त्यसलगत्तै रे’ले एफबीआईको कमाण्ड सम्हालेका थिए ।

रे’लाई कयौं सांसदहरुले एक चट्टानी अडान लिने जिम्मेवार अधिकारीका रुपमा लिएका छन् । ट्रम्पबारे जाँच गरेको एफबीआईले दुई भिन्दा भिन्दै संघीय मामिला बाहिर ल्याई अदालतमा दर्ज गराएको थियो ।

रे’को १० वर्षे कार्यकाल मध्ये अझै ३ वर्ष बाँकी नै छ । एफबीआई प्रमुखको पद विशुद्ध प्रशासनिक तथा राजनीतिक लिङ्करहित रहने भएका कारण रे’को राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी हिँडेपछि ट्रम्पका लागि एफबीआई प्रमुख छान्नु र हटाउनू सामान्यजस्तै हुने भनी चिन्ता गर्न थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.