डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने

डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने image

एजेन्सी । डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने अमेरिकी संघीय जाँच व्यूरो एफबीआई प्रमुख क्रिस रे’ले तयारी गरेका छन् ।

ट्रम्पले अघिल्लो कार्यकालमा तत्कालीन एफबीआई प्रमुखलाई बर्खास्त गरेपश्चात रेको नाम प्रस्तावित गरेका थिए । उनले जो बाइडेन प्रशासनको समयावधि सकिएसँगै राजीनामा दिने बताइएको छ । उनले जो बाइडेन प्रशासनको समयावधि सकिएसँगै राजीनामा दिने बताइएको छ ।

सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको जाँच गरेको निहुँमा तत्कालीन एफबीआई प्रमुख जेम्स कोमीलाई ट्रम्पले बर्खास्त गरेका थिए । त्यसलगत्तै रे’ले एफबीआईको कमाण्ड सम्हालेका थिए ।

रे’लाई कयौं सांसदहरुले एक चट्टानी अडान लिने जिम्मेवार अधिकारीका रुपमा लिएका छन् । ट्रम्पबारे जाँच गरेको एफबीआईले दुई भिन्दा भिन्दै संघीय मामिला बाहिर ल्याई अदालतमा दर्ज गराएको थियो ।

रे’को १० वर्षे कार्यकाल मध्ये अझै ३ वर्ष बाँकी नै छ । एफबीआई प्रमुखको पद विशुद्ध प्रशासनिक तथा राजनीतिक लिङ्करहित रहने भएका कारण रे’को राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी हिँडेपछि ट्रम्पका लागि एफबीआई प्रमुख छान्नु र हटाउनू सामान्यजस्तै हुने भनी चिन्ता गर्न थालिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.