काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पोखरा एभेन्जर्स र विराटनगर किंग्स पहिलो खेल खेल्दैछन्। दुवै टोली अंकतालिकाको पुछारमा छन् । चार खेलमा तीन खेल हारेको पोखरा सातौं र विराटनगर आठौंस्थानमा छ। दुवैले आज पाँचौं खेल खेल्दैछन्। लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना सकिएको छैन। विराटनगरले लिग चरणमा जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग पराजित हुँदा लुम्बिनीलाई भने जितेको थियो।
अब उसले चितवन र काठमाडौंसँग खेल्न बाँकी छ। पोखरा चितवन, जनपुर र कर्णालीसँग पराजित हुँदा लुम्बनीलाई जितेको थियो। अब उसले काठमाडौं र सुदूरपश्चिमसँग खेल्न बाँकी छ।बिहीबार हुने खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। उसले आज लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्दैछ। प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल जित्नुपर्नेछ।
चार खेल खेलिसकेको काठमाडौंले दुई खेल जितेको छ। काठमाडौंले कर्णाली र लुम्बिनीलाई हराउँदा चितवन र सुदूरपश्चिमसँग पराजित भएको थियो। पाँच खेलमा ४ खेल जितेको जकपुर प्लेअफमा पुग्ने निश्चित छ। उसले विराटनगर, कर्णाली, पोखरा र लुम्बिनीलाई हराउँदा सुदूरपश्चिमसँग पराजित भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ र कडा व्यवस्था जारी गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन संशोधन गर्दै चेक...
काठमाडौँ, २७ असार । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले गम्भीर संकट निम्त्याउन थालेको छ। पछिल्ला घटनाक्रमहरूले हिमताल विस्फोट (GLOF: Glacial Lake Outburst Flood) को जोखिम थप बढेको देखिएको...
झापा, २७ असार । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार...
काठमाडौँ, २६ असार । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया गरी आठ जटिल रोगका बिरामीलाई उपचारमा थप एक लाख...