भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एनपिएलमा आज विराटनगर, पोखरा, काठमाडौं र जनकपुरको रोचक भिडन्त

एनपिएलमा आज विराटनगर, पोखरा, काठमाडौं र जनकपुरको रोचक भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पोखरा एभेन्जर्स र विराटनगर किंग्स पहिलो खेल खेल्दैछन्। दुवै टोली अंकतालिकाको पुछारमा छन् । चार खेलमा तीन खेल हारेको पोखरा सातौं र विराटनगर आठौंस्थानमा छ। दुवैले आज पाँचौं खेल खेल्दैछन्। लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना सकिएको छैन। विराटनगरले लिग चरणमा जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग पराजित हुँदा लुम्बिनीलाई भने जितेको थियो।

अब उसले चितवन र काठमाडौंसँग खेल्न बाँकी छ। पोखरा चितवन, जनपुर र कर्णालीसँग पराजित हुँदा लुम्बनीलाई जितेको थियो। अब उसले काठमाडौं र सुदूरपश्चिमसँग खेल्न बाँकी छ।बिहीबार हुने खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। उसले आज लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्दैछ। प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल जित्नुपर्नेछ।

चार खेल खेलिसकेको काठमाडौंले दुई खेल जितेको छ। काठमाडौंले कर्णाली र लुम्बिनीलाई हराउँदा चितवन र सुदूरपश्चिमसँग पराजित भएको थियो। पाँच खेलमा ४ खेल जितेको जकपुर प्लेअफमा पुग्ने निश्चित छ। उसले विराटनगर, कर्णाली, पोखरा र लुम्बिनीलाई हराउँदा सुदूरपश्चिमसँग पराजित भएको थियो।

 


Thali Mobile Pvt.Ltd.