भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

अनिवार्य सैनिक भर्ना लागू गर्दै बेलायत

अनिवार्य सैनिक भर्ना लागू गर्दै बेलायत

काठमाडौं । अगामी जुलाई ४ मा आम निर्वाचन घोषणा गरेर सदन विघटन गरेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्नो दल फेरि सरकारमा आए अनिवार्य सैनिक भर्ना लागू गर्ने बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार बेलायती मिडियाहरूले सुनकको यो समाचार प्रकाशन गरेका छन् । वार्षिक ३ अर्ब १९ करोड अतिरिक्त रकम खर्च गर्दा १८ वर्ष पुरा भएका बेलायतीहरूलाई अनिवार्य सेनामा भर्ना गर्ने नियम लगाउन पुग्ने सुनकले बताएका छन् ।

अनिवार्य सैन्य भर्नाले राष्ट्रिय भावना जागृत गर्ने तथा युवाहरूलाई जीवन परिवर्तन गने सिपहरू पाउने सुनकले बताएका छन् । बेलायतको डेली मेलका अनुसार ४० पेजको प्रस्तावनामा चीन तथा रुसले बनाएको विश्वमा जोखिमसँग जुध्न अनिवार्य सैन्य भर्ती महत्त्वपूर्ण भएको बताइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.