भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

क्यासिनोमा जुवातास खेल्दै गरेका १९ नेपाली पक्राउ

क्यासिनोमा जुवातास खेल्दै गरेका १९ नेपाली पक्राउ

काठमाण्डौ, २३ बैशाख । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवातास खेलिरहेका १९ जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनल भित्र सञ्चालित ‘रोयल कालिङ्गा क्यासिनो’मा गएराति छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवातास खेलिरहेका १५ जना रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ९५ हजार ५०० रुपैयाँ नगद, १७ थान मोबाइल फोन र ५० थान क्यासिनो क्वाइन बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.