भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

क्यासिनोमा जुवातास खेल्दै गरेका १९ नेपाली पक्राउ

क्यासिनोमा जुवातास खेल्दै गरेका १९ नेपाली पक्राउ

काठमाण्डौ, २३ बैशाख । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवातास खेलिरहेका १९ जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनल भित्र सञ्चालित ‘रोयल कालिङ्गा क्यासिनो’मा गएराति छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवातास खेलिरहेका १५ जना रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ९५ हजार ५०० रुपैयाँ नगद, १७ थान मोबाइल फोन र ५० थान क्यासिनो क्वाइन बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.