भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उद्योग वाणिज्य महासङ्घको मतगणना जारी, जिल्ला नगरतर्फको नतिजा सार्वजनिक

उद्योग वाणिज्य महासङ्घको मतगणना जारी, जिल्ला नगरतर्फको नतिजा सार्वजनिक

काठमाण्डौ, २३ बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घ को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।महासङ्घको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत हिजो नयाँ कार्यसमिति चयनका लागि मतदान भएको थियो। मतगणनाका क्रममा जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक भइसकेको छ।

जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी र शिवप्रसाद मानन्धर निर्वाचित भएका छन्।

त्यसैगरी सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल पनि विजयी भएका छन् भने द्विराष्ट्रिय सदस्यतर्फ मनोज पौडेल निर्वाचित भएका छन्। महासङ्घको ७३ पदका लागि कुल १३७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। अन्य पदहरूको मतगणना जारी रहेको छ।

महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ भने बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि मतदान भएको हो।

 


Thali Mobile Pvt.Ltd.