भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उद्योग वाणिज्य महासङ्घको मतगणना जारी, जिल्ला नगरतर्फको नतिजा सार्वजनिक

उद्योग वाणिज्य महासङ्घको मतगणना जारी, जिल्ला नगरतर्फको नतिजा सार्वजनिक

काठमाण्डौ, २३ बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घ को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।महासङ्घको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत हिजो नयाँ कार्यसमिति चयनका लागि मतदान भएको थियो। मतगणनाका क्रममा जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक भइसकेको छ।

जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी र शिवप्रसाद मानन्धर निर्वाचित भएका छन्।

त्यसैगरी सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल पनि विजयी भएका छन् भने द्विराष्ट्रिय सदस्यतर्फ मनोज पौडेल निर्वाचित भएका छन्। महासङ्घको ७३ पदका लागि कुल १३७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। अन्य पदहरूको मतगणना जारी रहेको छ।

महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ भने बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि मतदान भएको हो।

 


Thali Mobile Pvt.Ltd.