भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हर्मुज तनावबीच ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ योजना स्थगित गरे

हर्मुज तनावबीच ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ योजना स्थगित गरे

काठमाडौं, २३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले हर्मुज जलमार्गमा फसेका जहाजहरू उद्धार गर्न बनाइएको ‘प्रोजेक्ट फ्रिडम’ योजना अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेका छन्।

हर्मुज क्षेत्रमा इरानी अवरोधका कारण तेल बोकेका सयौँ जहाज रोकिएपछि अमेरिकी वायु सेना र लडाकु विमानको सहयोगमा ती जहाज बाहिर निकाल्ने योजना सार्वजनिक गरिएको थियो। उक्त अभियानलाई ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको थियो।

तर पछिल्लो निर्णयअनुसार उक्त योजना तत्कालका लागि स्थगित गरिएको ट्रम्पले बताएका छन्। उनले इरानसँग संवाद भइरहेको र सम्भावित सम्झौतामा प्रगति देखिएको उल्लेख गर्दै वार्तालाई अवसर दिन यो निर्णय गरिएको स्पष्ट पारे।

यद्यपि, इरानको तर्फबाट यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन। दुबै देशबीच शान्ति वार्ताका प्रयास जारी रहे पनि ठोस निष्कर्ष भने निस्कन सकेको छैन।

इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको मध्यस्थतामा वार्ता अगाडि बढिरहेको जानकारी दिएका छन्। क्षेत्रीय तनावबीच कूटनीतिक पहललाई प्राथमिकता दिइँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.