भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

निजामती सेवामा ट्रेड युनियन व्यवस्था खारेज, कार्यालय बन्द गर्न निर्देशन

निजामती सेवामा ट्रेड युनियन व्यवस्था खारेज, कार्यालय बन्द गर्न निर्देशन

काठमाण्डौ, २३ बैशाख । सरकारले निजामती सेवामा रहेका ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गर्दै तीसँग सम्बन्धित सबै कार्यालय बन्द गर्न निर्देशन दिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ बमोजिम निजामती सेवा ऐन, २०४९ को दफा ५३ अन्तर्गतको ट्रेड युनियनसम्बन्धी व्यवस्था हटाइएको हो।

मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार अध्यादेश लागू भएसँगै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा अन्य सबै सरकारी निकायमा रहेका ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र गरिएको छ।

सरकारले ट्रेड युनियनका नाममा प्रयोग भइरहेका सरकारी भवन, कार्यकक्ष, सवारी साधनलगायत सम्पूर्ण सुविधा तत्काल सम्बन्धित कार्यालयलाई फिर्ता गर्न पनि निर्देशन दिएको छ।

यस्तै, ट्रेड युनियनका विभिन्न तहमा आबद्ध कर्मचारीलाई तोकिएको दरबन्दीअनुसार आफ्नो नियमित कार्य जिम्मेवारीमा फर्काउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको छ।

 


Thali Mobile Pvt.Ltd.