भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निजामती सेवामा ट्रेड युनियन व्यवस्था खारेज, कार्यालय बन्द गर्न निर्देशन

निजामती सेवामा ट्रेड युनियन व्यवस्था खारेज, कार्यालय बन्द गर्न निर्देशन

काठमाण्डौ, २३ बैशाख । सरकारले निजामती सेवामा रहेका ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गर्दै तीसँग सम्बन्धित सबै कार्यालय बन्द गर्न निर्देशन दिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ बमोजिम निजामती सेवा ऐन, २०४९ को दफा ५३ अन्तर्गतको ट्रेड युनियनसम्बन्धी व्यवस्था हटाइएको हो।

मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार अध्यादेश लागू भएसँगै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा अन्य सबै सरकारी निकायमा रहेका ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र गरिएको छ।

सरकारले ट्रेड युनियनका नाममा प्रयोग भइरहेका सरकारी भवन, कार्यकक्ष, सवारी साधनलगायत सम्पूर्ण सुविधा तत्काल सम्बन्धित कार्यालयलाई फिर्ता गर्न पनि निर्देशन दिएको छ।

यस्तै, ट्रेड युनियनका विभिन्न तहमा आबद्ध कर्मचारीलाई तोकिएको दरबन्दीअनुसार आफ्नो नियमित कार्य जिम्मेवारीमा फर्काउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको छ।

 


Thali Mobile Pvt.Ltd.